0
गोल्डेन न्यूज संवाददाता
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३८आंै स्मृति दिवसको सन्र्दभमा युवा संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २१ यूनिट रगत संकलन भएको छ । पोखराको पृथ्वीचोकमा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन एमाले नेता एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले गरेका थिए । उक्त अवसरमा बोल्दै उनले युवा संघले नेपाली युवाहरुको पक्षमा काम गर्दै आएको बताए । उनले रक्तदान जस्तो पुण्य कार्यमा समेत सहभागी भएको भन्दै युवा संघको प्रशंसा समेत गरे । उनले युवा संघले रचनात्मक र सृजनात्मक काममा लाग्नुपर्नेमा समेत जोड दिए । युवा संघले श्रेष्ठको स्मृति विदसको अवसरमा रक्तदान कार्यक्रम गदै आएको छ । यो १९औं रक्तदान कार्यक्रम हो । संघले हालसम्मकै सबैभन्दा धेरै रगत संकलन गर्न सफल भएको छ । रक्तदान कार्यक्रममा युवाहरुको सहभागीता उल्लेख्य थियो । रक्तदान कार्यक्रममा नयाँ रक्तदाताको सहभागीता बढि रहेको युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले बताए । रक्तदान जीवन दान, जीवन दान महादान भन्ने नारा सहित आयोजित रक्तदान कार्यक्रममा अपेक्षा भन्दा बढि रगत संकलन भएको उनले बताए । कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, जिल्ला सचिव दामोदर बैरागी, रत्त संञ्चार केन्द्रका महेन्द्र के.सी, युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदी लगायतले युवा संघका बारेमा बोलेका थिए । युवा संघ राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवं कार्यक्रमका संयोजक सुभाष सापकोटाको अध्यक्षता भएको कार्यक्रमको संचालन संघका जिल्ला सदस्य रामचन्द्र तिमिल्सिनाले संचालन गरेका थिए ।


Post a Comment

 
Top