0
गोल्डेन न्यूज संवाददाता
मनकांक्षी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीकोट मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्रजाति वर, पिपल, आँप, अम्बा, लिची, धुपी, सल्लो, कपुर, तेजपत्ता, अशोक लगायतका १ सय ५० वटा विरुवाहरु १० रोपनी क्षेत्रफलको खाली जग्गामा वृक्षारोपण गरिएको थियो ।  स्थानीयबासिन्दाको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहकारीका शेयर सदस्य राम शर्माका बुबा कृष्ण प्रसाद उपाध्यायलाई पिपलको बोट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष तिमिल्सिनाले सबैको साथ र सहयोगले स्थापनाको छोटो समयमा नै सहकारीले संख्यात्मक बृद्धि र गुणात्मक बृद्धि हासिलि गर्न लागेको बताए। कार्यक्रममा ऋण उपसमिति संयोजक बामदेव बस्ताकोटीले यस सहकारी केही पहिले नै स्थापना हुनुपर्ने अपरिहार्य रहेको बताए। लेखा समिति संयोजक महेश्वर गिरीले यस क्षेत्रका जनताको जीवनस्तर उकास्न सहयोगी बन्ने बताए । कार्यक्रममा शिक्षा समितिका संयोजक देवी प्रसाद बस्ताकोटीले यस ऐतिहासिक र पर्यटकीय क्षेत्र कास्कीकोट अन्तर्गत रहेको मनकांक्षी मन्दिर परिसरमा भएको वृक्षारोपणले यहाँको सौन्दर्यता बृद्धि गर्ने र यस्ता वृक्षारोपण गरेर मात्र नभई संरक्षण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रम संयोजक तथा सहकारीका सचिव पदम बस्ताकोटीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष टेक प्रसाद अधिकारीले गरेका थिए । सहकारी संस्थामा हाल ९२ जना शेयर सदस्य रहेका छन् भने कार्यालय पोखरीचौर, कास्कीकोट–८ मा रहेको छ । हाल कास्कीकोट गाविस मात्र कार्यक्षेत्र रहेको यस सहकारी संस्थाले शेयर सदस्य बृद्धिसँगै कार्यक्षेत्र बृद्धि गर्दै जाने योजना रहेको संस्थाका कोषाध्यक्ष हरि प्रसाद अधिकारीले बताए ।









Post a Comment

 
Top