0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा समर्पणको १२औं र पोखरा समृद्धि को प्रथम पदस्थापन तथा चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ का गभर्नर वालकृष्ण बुर्लाकोटी तथा डिष्ट्रिक्ट फष्ट लेडी ज्ञानु बुर्लाकोटीले संयुक्त रुपमा दुईवटा क्लवको स्मारिका विमोचन गरि उद्घाटन गरेका थिए । डिष्ट्रिक्ट गभर्नर बुर्लाकोटीले समर्पण लायन्स क्लवको वर्ष ०१६÷०१७ का पदाधिकारीहरुलाई पदस्थापन गराउँदै उत्कृष्ट क्लवको निरन्तरतालाई कायम राख्न आग्रह गरे । नव स्थापित क्लव समृद्धिका सदस्यहरुको परिचय रीता पालिखेले गरेकी थिइन भने पदाधिकारीहरुको पदस्थापन सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले गरेका थिए ।  कार्यक्रममा समर्पण लायन्स क्लवका वर्ष ०१५÷०१६ का अध्यक्ष आभा जोशीले आफ्नो कार्यकालमा सम्पन्न कार्यक्रमहरुको जानकारी गराउँदै सहयोगीहरुलाई मायाको चिनो उपहार प्रदान गरिन् ।  लायन वर्ष २०१६।०१७ का अध्यक्ष शक्ति प्रधानाङ्गले वार्षिक कार्ययोजना प्रस्तुत एवं क्लवद्वारा संचालित लायन्स फाउण्डेसनको लागि १ लाख ८७ हजार रुपैयाँको चेक डिष्ट्रिक्ट गभर्नर बुर्लाकोटीलाई हस्तान्तरण गरिन् ।  पोखरा समर्पणद्वारा संचालित छात्रवृत्तिकोषमा आर्थिक सहयोग पु¥याउने दाताहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति कोषको लागि टेकमान प्रधानाङ्ग र शक्ति प्रधानाङ्गले आप्mना बुबा आमाको सम्झनामा २५ हजार रुपैयाँ छात्रवृत्ति अक्षयकोषका लागि प्रदान गरिन् । समृद्धि लायन्स क्लवका अध्यक्ष लक्ष्मी श्रेष्ठले क्लवको वार्षिक कार्य योजना वारे जानकारी गराइन ।  कार्यक्रममा इन्दु लम्साल, अशोक श्रेष्ठ, ज्ञानु बुर्लाकोटी, पूर्व डिष्ट्रिक्ट गभर्नर ध्रुब थापा, दिनेश बाँस्तोला लगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा धन्यवाद संस्थापक अध्यक्ष अर्जना प्रधान, स्वागत भावना बसेल र संचालन मीना लाभाजू र निर्मला श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top