0
गोल्डेन न्यूज संवाददाता
प्रतिभाशाली युवा राजन गुरुङको अध्ययनलाई सघाउ पु¥याउनका लागि विभिन्न ब्याक्तिहरुले आर्थिक सहयोग रकम जुटाउने क्रम सुरु भएको छ । पर्वत घर भइ आफ्नो विभिन्न रोबट, तथा सेन्सर बाट उड्ने ड्रोन निर्माण गर्ने राजन गुरुङको उच्च शिक्षा अध्ययनका लागि नेपाल संगै विभिन्न देशमा रहेका सामाजिक ब्याक्तित्वहरुले आर्थिक सहयोग रकम जुटाउने क्रम सुरु गरेका हुन । १० कक्षा पढेर आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चित गुरुङलाई सहयोग रकम जुटाएर पहिलो चरणमा १ लाख ३९ हजार ३ सय ५९ रुपैयाँ हस्तान्तरण गरिएको छ । आइतबार तमुमै ताँ डटकमको आयोजनामा उक्त रकम राजन गुरुङलाई हस्तान्तरण गरिएको हो । आइतबार एक कार्यक्रमका बीच सामाजिक अभियनता सरिता गुरुङबाट संकलित ७८ हजार दुई सय ५०, तमु समाज ओमनबाट ५० हजार १ सय ११, मिलन फाउण्डेशनका संस्थापक मिलन गुरुङबाट ६ हजार र ट्रिनिटी एजुकेशन फाउण्डेशनका संस्थापक डि.बी. गुरुङले ५ हजार रुपैया राजन गुरुङलाई प्रदान गरिएको हो । कार्यक्रममा सामाजिक अभियनता सरिता गुरुङ, तमु समाज ओमनका प्रतिनिधि पदम गुरुङ, मिलन फाउण्डेशनका संस्थापक मिलन गुरुङ र ट्रिनिटी एजुकेशन फाउण्डेशनका सञ्चालक डिबी गुरुङले राजनको उच्च शिक्षाका लागि सहयोग स्वरुप सहयोग रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण समारोहमा बोल्दै सामाजिक अभियनता सरिता गुरुङ, तमु समाज ओमनका प्रतिनिधि पदम गुरुङ, मिलन फाउण्डेशनका सञ्चालक मिलन गुरुङ, तमुमै ताँ डटकमका सञ्चालक युगबहादुर गुरुङ लगायतले राजन गुरुङलाई चिनेको र उनको घरपरिवारको आर्थिक अवस्था अतिनै दयनिय रहेकाले उनको प्रतिभा र कलालाई प्रस्फुटन गर्दै उनलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग स्वरुप विभिन्न ब्यक्ति तथा संघ–सस्थाहरु संग सहकार्य भइरहेको बताए ।

Post a Comment

 
Top