0
नेवारी संस्कृति विकासका लागि दुई दिने शीप विकास तालिम दिएको छ । नेवा मिसा पुँचः नयाँबजार पोखराले पछिल्लो समय नेवारी संस्कृति लोप हुँदै गएको भन्दै त्यसलाई जोगाउन पहल गरेको हो । राम मन्दिर परिसरको भवनमा श्रावण ८ र ९ गते भएको तालिममा ३५ जना भन्दा बढी सहभागी भएका थिए । संस्थाकी अध्यक्ष मिरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कोपिला श्रेष्ठले गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथि नेवा मिसा पुँचः कास्कीकी अध्यक्ष शान्ति उदासले यस्ता कार्यक्रमले नेवारी संस्कृति संरक्षणमा सहयोग गर्ने बताईन् । तालिममा बसन्ती तझ्याले प्रशिक्षण दिएकी थिईन् । कार्यक्रममा सहभागी संस्थाकी कोषाध्यक्ष मिना माकाजुले तालिम निकै प्रभावकारी भएको भन्दै आगामी दिनहरुमा अन्य ठाउँमा पनि यस्ता सीप बिकास सम्बन्धी तालिमको विस्तार गर्न सुझाव दिईन् । कार्यक्रममा उपाध्यक्ष यमुना श्रेष्ठले स्वागत गरेकी थिईन भने संस्थाका वरिष्ठ सल्लाहकार श्री वेद कुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति वडा नं ९ का अध्यक्ष उत्तम जोशी तथा वडा नं ९ का वडा सचिव लोक दर्शन कोइराला लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।







Post a Comment

 
Top