0
गोल्डेन न्यूज संवाददाता
पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिले आयोजना गरेको तेस्रो मिस कल्चर नेपाल २०१६ भव्यरूपमा सफल भएको उपलक्ष्यमा वात्स्यायन वृद्धाश्रम पोखरा–१८, वाच्छीवुडुवामा फलपूmल वितरण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि वृद्धाश्रम संचालक समितिका सल्लाहकार रोमबहादुर कार्कीले पुष्पाञ्जलीले आफ्नो रचनात्मक सामाजिक काम गर्ने अभियानमा यस क्षेत्रलाई पनि समेटेकोमा आभार प्रकट गरेका थिए । कार्यक्रममा भगवती आमा समूहकी अध्यक्ष डिलशोभा गुरुङ, सचिव सुनिता आचार्य, सृजना आमा समूहकी अध्यक्ष तारा गुरुङ, आश्रमका सेवक तथा गुरु युवराज वाग्ले, मिस कल्चर नेपाल २०१६ कि विजेता पवित्रा लामिछाने, थर्ड रननर अफ समिक्षा शर्मा, भ्यूयोर च्वाइस रेनु थापामगर लगायत पोखरा–१८ वरपरका आमा समूहका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो । वयोवृद्धा भनेका प्रेरणाका श्रोत भएको र उनीहरूको केही हद्सम्म भएपनि सेवा गर्न पाउने आफ्ना लागि भाग्यको कुरा भएको कार्यक्रमकी अध्यक्ष एवम् पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिकी प्रमुख शोभा गौतमले बताईन् । पुष्पाञ्जलीले आफ्नो रचनात्मक सामाजिक कार्य अन्तर्गत यस वृद्धाश्रमलाई छानेको र अन्य ठाउँमा पनि यस्तै सामाजिक कामहरूमा लागि रहने कार्यक्रम संयोजक दिनेश प्रसाद शर्माले जानकारी दिए ।





Post a Comment

 
Top