0
गोल्डेन न्यूज संवाददाता
गत असार २२ गते आगलागीबाट पीडित बनेका बुद्ध विशालबजार पोखरास्थित एशिया टेलरका सञ्चालक राजन परियारले राहत पाएका छन् । बुद्ध विशालबजार व्यापारिक एशोसिएसनले विपद कोषबाट परियारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । एशोसिएसनका अध्यक्ष प्रदिपकुमार मुल्मीले एक कार्यक्रमका बीच परियारलाई राहत रकम हस्तान्तरण गरेका हुन् । विपदमा परेका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले स्थापित कोषबाट परियारलाई सहयोग गरिएको मुल्मीले जानकारी दिए । एशोसिएसनबाट प्राप्त राहत रकमलाई क्षति भएको व्यवसायको विस्तारमा प्रयोग गर्ने परियारले बताए । राहत रकम हस्तान्तरण कार्यक्रममा संस्थाका मानार्थ सदस्य सुदिप ढकाल, निवर्तमान अध्यक्ष बलराम गौतम, पूर्व अध्यक्ष माधवप्रसाद सिग्देल लगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको महासचिव केशवबहादुर खत्रीले जानकारी दिए ।


Post a Comment

 
Top