0
गोल्डेन न्यूज संवाददाता
नेपाल लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नं.४ को क्षत्रीय भेलाले राम गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ।
समितिको उपाध्यक्षमा बुद्धिबहादुर थापा, सचिवमा जीवन गुरुङ, सह–सचिवमा प्रकाश गुरुङ, कोषाध्यक्ष हुमबहादुर गुरुङ, सह–कोषाध्यक्षमा दिपक बाँस्तोला रहेका छन्। त्यसैगरि समितिको सदस्यहरु मा मोती गुरुङ, कुमार थापा, चित्रबहादुर कार्की, चन्द्रमोहन सुवेदी, सुरजकुमार गुरुङ, कमल गुरुङ, धनबहादुर गुरुङ, सरोज पौडेल, मुक्ति गुरुङ, गणेश आचार्य, वीरेन्द्र केसी, शुनिल गुरुङ, सुजन नेपाली र राजु गुरुङ रहेका छन्। नवनिर्वाचित अध्यक्ष राम गुरुङले पाटीलाई मजवुद बनाउनका लागि क्रियशिल भएर लाग्ने प्रतिवद्धता जनाए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस क्षेत्र नं.४ का क्षेत्रीय सभापति पोषनाथ शर्माले संगठन परम्परागत भएकोले अवको संगठन नयाँ रुप र नयाँ ढाचाका साथ अगाडि बढाउने पर्ने बताए। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङ खेलको आवाज उठाउन यो समिति लागि पर्ने बताए। नेपाली काँग्रेस कास्कीका सदस्य युवराज कुँवरले खेलकुदको साथ साथै राजनीतिक रुपमा अगाडि बढ्न आग्रह गरे। नेपाली काँग्रेस कास्कीका सदस्य नविन सिग्देलले रातो टिकाले गाँउमा नयाँ सन्देश छर्ने बताए। कार्यक्रममा नेपाली काँग्रेस दाङसिंङ ईकाइ सभापति तथा जिल्ला खेलकुद समितिका उपाध्यक्ष खगेन्द्र गौचन नेपाल आदिवासी जनजाति संघ कास्कीका उपाध्यक्ष आशबहादुर गुरुङ, नेपाली काँग्रेस पोखरा–२७ का सभापति दानबहादुर थापा, भदौरे तामागी ईकाईका रामकाजी गुरुङ, नेपाल प्रेस युनियन कास्कीका सचिव तथा नेपाली काँग्रेस क्षेत्र नं.४ का क्षेत्रीय सदस्य प्रकाशचन्द्र सापकोटाले बोलेका थिए। नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष ओम बस्नेत अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सदस्य आईन्दल गुरुङले स्वागत, उपाध्यक्ष आशबहादुर गुरुङले धन्यवाद र सचिव प्रकाश बरालले कार्यक्रम सञ्चालन गरेका थिए।




Post a Comment

 
Top