0
गोल्डेन न्यूज संवाददाता
बीरगंजबाट घर निर्माण सामाग्री बोकेर चितवनको मुग्लिङ तर्फ आउँदै गरेको मालबहाक ट्रक त्रिशुली नदीमा खस्दा चालक र सह–चालक बेपत्ता भएका छन् ।
वीरगञ्जको सिमराबाट जगदम्बास्टिल कम्पनीबाट छड बोकेर आउँदै गरेको ग१ख ५८९७ नम्बरको १२ चक्के आइचर ट्रक नारायढगढ–मुग्लिन सडक खण्ड अन्तर्गतको जलविरे नजिकै मंगबालर विहान खसेको थियो । सडक खण्डको आठकिलो भन्ने स्थानबाट ट्रक त्रिशुलीमा नदीमा खस्दा २५ वर्षीय चालक सिङ्ग राम गोले र सह–चालक २९ वर्षीय रामबहादुर दोङ बेपत्ता भएको मुग्लिनस्थित प्रहरीले जनाएको छ । नदीमा वेपत्ता चुरियामाई–१ मकवानपुर  घर भएका चालक र सहचालकको खोजीकार्य भईरहेको छ । वर्षायाममा आएको बाढी र पहिरोले नदीमा पानी सतह बढेकोले ट्रक तथा वेपत्ता चालक र सह–चालकको खोजीकार्यमा कठिनाई भएको समेत प्रहरीले जनाएको छ ।



Post a Comment

 
Top