0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २ स्थित श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्रले  बालअधिकार र बालमैत्री वडा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा वडा नं. २ मा रहेको टोलविकास संस्था, आमा समूह, बाल क्लब तथा सरोकारवाला संस्थाहरुका प्रमुख एवं प्रतिनिधि सहभागी थिए । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उप–महानगर पालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारादा मोहन काफ्लेले पोखरालाई बालमैत्री नगर बनाउने योजना पोखरा उप–महानगरपालिकाले बनाए पनि यसलाई हरेक समुदाय, टोल र वडाले सहयोग नगरेसम्म पोखरालाई तोकिएको समय भित्र बालमैत्री नगर बनाउन नसकिने स्पष्ट पारे । उनले बालअधिकार प्रति संवेदनशिल र सचेत भई बालमैत्री अभियानमा सहयोग गर्न आग्रह गरे । विन्ध्यवासिनी उच्च माध्यमिक विद्यालयका सहायक प्राचार्य विष्णु पौडेलले विद्यालय र शिक्षकको मात्र प्रयासमा बालअधिकारको संरक्षण नहुने हुँदा यसका लागि सबै अभिभावक र समुदाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । सम्पर्क केन्द्रकी अध्यक्ष माया सुबेदीले बालबालिकाहरुलाई अधिकार संगसंगै कर्तव्य पनि सिकाउन भूल्न नहुने बताइन ।  कार्यक्रममा केन्द्रकी प्रमुख कालिका कोइरालाले सम्पर्क केन्द्रले श्रमिक बालबालिकाहरुको लागि पुर्याउदै आएको भन्दै अनौपचारिक शिक्षा, स्वास्थ्य, व्यवसायिक तालिम, परिवार सहयोग, पुनर्मिलन जस्ता सेवाहरु आवश्यक रहेको बताइन । बालअधिकार र बालमैत्री वडा सम्बन्धी बालश्रम न्युनिकरण कार्यक्रम (क्लेप)का परियोजना संयोजक भक्तराज रसाइलीले छलफल, श्रव्यदृश्य, खेल आदिको माध्ययमबाट समुन्नत समाजको लागि बालअधिकारको महत्व, बालमैत्री वडा घोषणाका लागि आधारभूत व्यवस्थाहरु जस्ता विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा क्लेपकी सामाजिक कार्यकर्ता अनिता आचार्यले सहजीकरणमा र केन्द्र प्रमुख रुविना रानाले व्यवस्थापनमा सहयोग पुर्याएका थिए भने कार्यक्रमको संचालन क्लेपकी सामाजिक परिचालक शारदा अधिकारीले गरेकी थिइन् ।

Post a Comment

 
Top