0
गोल्डेन न्यूज संवाददाता
कास्कीको भदौरेतामागी–५ ठूलाखेतामा रहेको खहरे खोला पुलको पिल्लर खोलाले बगाएको छ । शुक्रबार विहान देखि परेको पानीले खोलाको सतह बढ्दा पुलको एउटा पिल्लर बगाएको छ भने एउटा पिल्लर बगाउन ठिक्क पारेको पुल निर्माण समितिका अध्यक्ष विष्णु दाहालले बताए । ढलान गरि बनाएको पिल्लर खोलाले भाचेर आधा बगाएको छ उनले भने जाली लगाएर बनाएको पिल्लर पनि ढल्केपछि पुल जोखिममा परेको बताए । उनले माथी फलामको पुल भएर धानीएको बताए । दुईवटा बिचका पिल्लर नभए पछि पुलमा हिड्न जोखिम छ दाहालले भने मानिस हिंड्दा–हिंड्दै पुल भाचिन सक्छ । उनले खोलामा ठूलो बाढी आए पछि विहान पुलको संरक्षणमा स्थानीय जुटेपनि संरक्षणको प्रयास असफल भएको बताए । सो पुलबाट मुख्य गरि भदौरेतामागी गविस, चापाकोट गाविस, कास्कीकोट गाविसका बासिन्दाहरु आवत–जावत गर्दछन् । पुल भएर विद्यालय आउन विद्यार्थीका लागि पुल नहँुदा कठिन हुने दाहालले बताए ।  गत बर्ष साउन १३ गते त्यस क्षेत्रमा ठूलो बाढि पहिरो जादा पुल बगाएको थियो । त्यस पछि हिउँद जिल्ला बालगृह सञ्जालले पुलको पुननिर्माण गरेको थियो । २७ वटा बालगृहबाट संकलित रकम, पाहार ट्रष्ट नेपाल र नेपाल हाउस कास्कीको करिब ६ लाखको आर्थिक सहयोगमा पुलको पुनःनिर्माण भएको थियो ।







Post a Comment

 
Top