0
नेपाल विजुली पेन्टर प्लम्वर तथा निर्माण मजदुर युनियन
(क्युपेक) नेपालका राष्ट्रिय प्रतिनिधि परिषद् प्रमुख क्युपेकमा महिला सहभागिता बढ्दै गएको बताएका छन् । क्यूपेक नेपाल जिल्ला महिला कमिटी कास्कीको तेश्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै गुरुङले कास्कीमा १ हजार ५ सय महिला क्युपेकमा संगठित भएको बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटीका सदस्य  समेत रहेका गुरुङले २०६० साल सम्म आइपुग्दा क्युपेकमा मात्र २३ महिला संगठित रहेको जानकारी दिए । अधिवेशनमा जिफन्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष मीना गुरुङ, क्युपेकका केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख शान्ता बस्नेत, केन्द्रीय सदस्य तथा गण्डकी इञ्चार्ज सोम थापा, जिफन्ट अञ्चल सदस्य डिल्ली थापा, कास्कीका उपाध्यक्ष सुर्यप्रसाद उपाध्याय, क्युपेक कास्कीका अध्यक्ष पुण्यप्रसाद उप्रेती, महिला कमिटीका अध्यक्ष तारामाया तामाङ लगायतले बोलेका थिए। अधिवेशनले अध्यक्षमा अश्नाकुमारी राई, उपाध्यक्षमा जुना सुनार, सचिवमा मीना कुमारी सेन, सहसचिवमा ललिता थापा मगर रहेका छन्। कार्यसमितिको सदस्यहरुमा संगीता नेपाली, देउमाया सुनार, यशोधा उप्रेती  मञ्जु भुजेल, राममाया नेपाली रहेका छन् ।

Post a Comment

 
Top