0
गोल्डेन न्यूज संवाददाता
सामाजिक जागरणका लागि नारी अभियान कास्कीले साउनको प्रत्येक सोमवार मन्दिरमा माग्न वस्नेहरुका लागि खाना खुवाउने कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रवार पोखरामा आयोजना गरिएको सामाजिक जागरणको छलफल तथा आमाहरुको सम्मानका लागि आयोजित पोखरा दर्शन तथा संत्सग कार्यक्रमको समिक्षा कार्यक्रममा उक्त निर्णय गरिएको हो । साउन महिनाको प्रत्येक सोमवार मठ मन्दिरमा भक्तजनहरुको भिड लागेपनी माग्न वस्नेहरुलाई धेरैले वास्ता नगर्ने भएका कारण उनीहरुलाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक सुष्मा पौडेलले जानकारी दिइन् । साथै धार्मीक ग्रन्ध तथा धर्मको निचोड सेवा नै धर्म भएका कारण र मानवीयता प्रद्धर्शन गर्नका  लागि समेत यो कार्यक्रममा सवै एकजुट हुने विश्वास व्यक्त गरिन् । वैठकवाट पहिलो सोमवारको कार्यक्रम संयोजन मितेरी नारी समूहले गर्ने दोश्रो सोमवार धारापानी आमा समुहले खना खुवाउने निर्णय भएको छ । जसको संयोजक कल्पना तथा कमला पहारी, कल्पना भण्डारी र रेनु थापा रहेका छन् भने अन्य कार्यक्रमका लागि पहीलो कार्यक्रम सकिएलगत्तै समिक्षा वैठक गरी कार्यक्रम संयोजक र संयोजन संस्था छनौट गरीने छ । कार्यक्रममा पोखरा दर्शन कार्यक्रममा सफल वनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैलाई संयोजक उशा गोशेलीले धन्यवाद ज्ञापन गरिन् भने अर्थ संयोजक अंवीका ढकालले कार्यक्रमको आयव्याय सार्वजनिक गरेकी थिइन् । त्यस्तै सदस्य रेनु थापा, कल्पना भण्डारी, अञ्जु केसी, ममता गुरुङ, ज्ञानु सुवेदी, सरस्वती अधिकारी, कल्पना पहारी, कमला पहारी, मेनुका पौडेल, गीता शर्मा, दुर्गादेवी बाँस्तोला, जमुना तिमिल्सिना लगायतले कार्यक्रम सफल भएको भन्दै आगामी साउनको कार्यक्रम सफल बनाउन सवै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।


Post a Comment

 
Top