0
गोल्डेन न्यूज संवाददाता
नेपाल टेलिकम वकर्स युनियन इकाई समिति पोखराले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न रचनात्मक क्रियाकलाप सम्पन्न भएको छ । रजत महोत्सव समापनको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष मुरारी शर्माले कर्मचारीलाई दिइने पुरस्कारले व्यक्तिमा उर्जा र संस्थामा प्रगति हुने बताए । शर्माले विपि कोइरालाको स्मृति दिवस समेत रहेको दिन प्रजातन्त्रवादी कर्मचारीले टेलिकम पोखरामा नयाँ आयम थपेको बताए । युनियनका अध्यक्ष सन्तोष कुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका जिल्ला अध्यक्ष कुलदेवी बरालले मजदुरको समस्यामा ट्रेड युनियन काँग्रेस जहिलेपनि साथमा रहेको भन्दै मजदुुरको धवला दिने कम्युनिष्टहरु को सरकार रहेको अवस्थामा पनि मजदुरका कुनैपनि समस्या हल नभएको स्पष्ट पारे ।युनियनले रजत महोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम, म्युजिकल चियर प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, अन्तर संस्थान हाजिरी जवाफ प्रतियोगिता, क्रिकेट खेलको प्रतियोगिता सम्पन्न पश्चात समापनको अवसरमा मेडल र प्रमाणपत्रले सम्मान गरिएको बताईएको थियो । टेलिकम पोखरा शाखाका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर क्षेत्रीले रचनात्मक काम गर्ने युनियन वधाईको पात्र भएको भन्दै टेलिकमको सेवा विस्तारमा ध्यान दिन आग्रह गरे । सार्वजनिक सेवा कर्मचारी संघका जिल्ला उपाध्यक्ष समेत रहेका टेलिकम युनियनका अगुवा शोभाखर भण्डारीको स्वागत मन्तव्य र इकाई सचिव कुमोद कुमार महतोको सञ्चालनमा सुरु भएको समापन कार्यक्रममा सार्वजनिक सेवा कर्मचारी संघका जिल्ला अध्यक्ष विष्णुशंकर ख्वाउजू, टेलिकम युनियनका केन्द्रीय प्रतिनिधि शुभाष पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सहसचवि रुद्रप्रसाद तिमिल्सिना, ट्रेड युनियन काँग्रेस जिल्ला सदस्य एवं नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमला, ट्रेड युनियन काँग्रेस जिल्ला सदस्य लक्ष्मी जोजिजू, टेलिकम युनियनका निवर्तमान अध्यक्ष दिनेशमणि लामिछाने, टेलिकमका उपप्रवन्धक सुकदेव बराल, क्षेत्रीय सल्लाहकार प्रेम ढुङ्गाना, सार्वजनिक सेवा कर्मचारी संघका जिल्ला सदस्य लक्ष्मी पहारी, एमाले निकट कर्मचारी संघका टेलिकम इकाई अध्यक्ष मोहन सुवेदी लगायतको सहभागिता रहेको थियो । समृद्ध संस्था श्रमिकका कर्मशिल हातमा, श्रमिक अधिकारको लागि एनटिसिडव्लुयुको साथमा नारा लिएर युनियनले २५औं वर्षिकोत्सव सम्पन्न गरिएको युनियन पोखरा इकाईले जनाएको छ । युनियनद्वारा आयोजित अन्तर संस्थान हाजिरी जवाफ प्रतियोगितामा नेपाल विद्युत प्राधिकरण र नेपाल खानेपानी संस्थान सहित ८ टिम सहभागी थिए ।

Post a Comment

 
Top