0
सफलता मिडिया प्रालिको आयोजना तथा विपि कोइराला भारत नेपाल फाउण्डेशनको सहकार्यमा रेडियो सफलताले टोलटोलमा सुरु गरेको नेतृत्व विकास तथा उद्घोषणकला  तालिम जारी रहेको छ । संचारको पहुँच स्थानीय स्तरमा पुर्याउने उदेश्यका साथ संचालित तालिम आमा समूहहरु, टोल विकास संस्थामा आवद्ध महिलाहरु, रेडियोका स्रोता सदस्यहरुको सहभागिता रहने गरेको छ । विभिन्न स्थानमा प्रदान गरिंदै आएको नेतृत्व विकास सम्वन्धी तालिमले आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  यसैबीच नेतृत्व विकास  तालिम बिहीबारदेखि ड्यामसाइड टोल विकास संस्थामा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलताकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीले यो तालिम निकै नै महत्वपूर्ण रहेकाले आमा दिदीबहिनीहरुलाई तालिममा सक्रिय सहभागी हुन आग्रह गरिन् । उनले तालिममा सिकेका कुरा व्यहारमा उतार्न सम्पूर्णलाई आग्रह गरिन् ।  कार्यक्रममा संस्थाका संरक्षक कल्पना श्रेष्ठ, ड्यामसाइड टोल विकास संस्थाका संरक्षक शोभा श्रेष्ठ, परिज्ञान साप्ताहिक प्रधान सम्पादक इश्वरी पौडेल, ड्याम साइड टोल विकास संस्थाका सचिव हरिकुमार श्रेष्ठ लगायतले बोलेका थिए । ड्याम साइड टोल विकास संस्थाका अध्यक्ष शिवजी बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक शिवमाया श्रेष्ठ र संचालन अमृता थापाले गरेकी थिइन । तालिममा २५ जनाको सहभागिता रहेको छ । तालिममा सहजीकरण रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी र अन्जु बरालले गरेकी छन् ।




Post a Comment

 
Top