0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले पर्यटकीय नगरी पोखरामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शुक्रबार एक कार्यक्रमका बीच पोखराको जिरो किलोमिटरदेखि सिर्जनाचोक सम्म वृक्षरोपण गरेको हो । उक्त अवसरमा करिब २ सय विरुवा रोपिएको अध्यक्ष इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए । ‘सामाजिक कामलाई मध्यनजर गरी वृक्षरोपण गरेका हौं,’ उनले भने, ‘रोपिएका विरुवाको संरक्षणमा पनि हामीले चासो दिनेछौं । पर्यटकीय नगरी पोखरालाई हरियाली बनाउन योगदान पु¥याउने लक्ष्यसहित सडकको दायाँ–बायाँ वृक्षरोपण गरिएको पौडेलले जानकारी दिए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरिएको हो । बुर्लाकोटीले पारिजातको विरुवा रोपी कार्यक्रमको शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै बुर्लाकोटीले स्वास्थ्य, शिक्षा र पर्यावरण क्षेत्रमा लायन्स क्लबहरुको योगदान महत्वपूर्ण रहेको बताए । पोखरालाई हरियाली बनाउने लक्ष्यसहित आयोजित वृक्षरोपण कार्यक्रम प्रशंसनीय रहेको उनको भनाइ छ । ‘रोपिएका विरुवाको संरक्षण गर्न पनि क्लब अग्रसर हुनुपर्छ,’ उनले भने । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम कुँवरले पोखरालाई हरियाली राख्नु नगरपालिकाको दायित्व भएकोे बताए । पोखरालाई हरियाली राख्न नगरपालिकाले वातावरणमैत्री कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । ‘वातावरणमैत्री कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्छ,’ उनले भने । क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य जोन चेयरपर्सन बावुराम अधिकारीले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव साबित्री भट्टराईले गरेकी थिइन् । पारिजात, कल्की, गुल्मर, कपुर, तेजपत्ता, बेल लगायतका विरुवा रोपिएको सचिव भट्टराईले जानकारी दिइन् ।














Post a Comment

 
Top