0
गोल्डेन न्यूज संवाददाता
प्रजातन्त्रवादी कर्मचारी संघ पोखरा विश्वविद्यालयको अध्यक्षमा  तेजनारायण पराजुली निर्विरोध चयन भएका छन्। संघको उपाध्यक्षमा विमल कार्की, महासचिवमा चोलाकान्त च्वाइँ, सीता ढकाल सचिवमा सीता ढकाल, कोषाध्यक्षमा परिवेश ओझा रहेका छन् । त्यसैगरी सदस्यहरुमा राजेन्द्र ढकाल, प्रमेश पौडेल, देवकी दाहाल, धनपति बाँस्तोला, शारदा तिवारी भण्डारी, तारा गुरुङ्ग, सगिता वराल चालिसे रहेका छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुने निर्वाचन समितिका सदस्य एंव प्राध्यापक संघका सचिव योगराज लामिछानेले बताए । यसअघि कार्यक्रमको उद्घाटन शत्रमा वोल्दै प्रमुख अतिथि प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा विश्वविद्यालयका अध्यक्ष अर्जुन गौतमले शिक्षक र कर्मचारीको बीचमा वसेर कर्मचारीले पुलको काम गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय कर्मचारी संघका रोशन पाण्डे, पोखरा विश्वविद्यालय कर्मचारी संघका सचिव शिवराज पण्डित, प्रजातन्त्रवादी कर्मचारी संघ केन्द्रीय उपाध्यक्ष राजनी केसी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । संघका अध्यक्ष रविन्द्र बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शंकर पौडेलले गरेका थिए । यसैबीच अध्यक्षमा निर्वाचित भएपछि गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै अध्यक्ष तेजनारायण पराजुलीले पोखरा विश्वविद्यालयको सर्वोपरि हितमा काम गर्ने प्रतिवद्धता जनाए । उनले कर्मचारीको पेशागत हकहित, सेवा सुविधा र क्षमता अभिवृद्धिका लागि प्रतिवद्ध रहेको स्पष्ट पारे ।

Post a Comment

 
Top