0
गोल्डेन न्यूज संवाददाता
 बाढी–पहिरोका कारण जनधन क्षति बढेको तथ्यांक प्राप्त भएको छ। मध्यपश्चिम र पश्चिममा मात्र मृत्यु हुनेको संख्या ६६ पुगेको छ। झापा र सुनसरीमा थप दुई जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले भने जारी वर्षाका कारण बाढीपहिरोले ६६ जनाको मृत्यु भएको जानकारी दिएको छ। गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाका अनुसार २० जना बेपत्ता छन्। उनका अनुसार बाढीपहिरोले देशका १४ जिल्ला प्रभावित छन्। बाढी पहिरोमा परेकाहरूको उद्धारका निम्ति जिल्लामा रेपिड सेस्पोन्स टिम तयार पारिएको छ। ‘सबै सुरक्षा निकायलाई उद्धारमा परिचालन गरिएको छ। खबर पाउनासाथ रेस्पोन्स टिम घटनास्थलमा परिचालन हुने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने।  दाङस्थित सेतोपाटी संवाददाता नारायण खड्काका अनुसार पहिरोले प्यूठानमा सबैभन्दा बढी क्षति गरेको छ। वर्षापछि गएको पहिरोले प्यूठान जिल्लामा मृत्यु हुनेको संख्या ३८ पुगेको छ। राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता डिएसपी तुलवहादुर कार्कीले बुधबार बेलुकासम्म प्यूठानमा ३८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। ६ जना बेपत्ता रहेको समेत जानकारी दिए। उनका अनुसार जिल्लाका ६ वटा गाविस पहिरोले प्रभावित भएका छन्। प्रहरीका अनुसार मंगलबार राति गएको पहिरोमा पुरिएर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको मृत्यु भएको छ। उनकी श्रीमती बिन्दुको पनि मृत्यु भएको छ। प्यूठानको फोप्ली गाविसको ३, ४ र ६ नम्बर वडामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। फोप्ली–३ का चेतमान पुन, शेरबहादुर पुनको मृत्यु भएको छ। फोप्ली–४ मा दुई जना बालबालिकाको मृत्यु भएको छ, तर उनीहरूको सनाखत भइसकेको छैन। फोप्ली–६ का नारायण केसी, दोर्णबहादुर केसी, पवित्रा केसी, फोप्ली–३ का मनिराम पुन, तेजे पुन, खरेली पुन, फोप्ली–६ का हरिबहादुर केसी, विन्दु केसी, जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकीको मृत्य भएको छ। अर्खा–६ का देवबहादुर बुढा, हिमाल बुढा, जवुना बुढा, माजकोट गाविसकी जाली पुनको मृत्यु भएको छ। एक पुरुष तथा एक महिलाको सनाखत हुन सकेको छैन। खवाङ–७ की दिलमाया केसी, खवाङ–३ की दविले सुनार, डिके सुनारको मृत्यु भएको छ। त्यस्तै, पुजा–१ मा सुपारी मल्ल र छोरा मुकेश मल्ल, लुङ–६ मा शिवबहादुर सुनार, लुङमा रञ्जना केसी र शुसीला केसीको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। फोप्ली ३ मा नेपुली घर्ती, सेत्तु पुन, शेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, खोप्ली पुन, मने पुन, सागर पुन, त्यस्तै फोप्ली– ४ का सेमली पुन र छमी पुनको मृत्यु भएको छ।  यसैगथरी झापा, राजगढ–४ खाडीगाउँमा पानी जमेको खाल्डोमा डुबेर बुधबार मिलन लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। लिम्बूको शव बिहान ७ बजे घरनजिकै पानी जमेको खाल्डोमा भेटिएको हो। झापामा बाढीले अधिकांश ठाउँ जलमग्न भएका छन्। खजुरगाछी, गौरीगञ्ज, महाभारा, बैगुनधुरा, पाँचगाछी, कुमरखोद, टाघनडुब्बा लगायत गाविस जलमग्न भएका छन्। बाढीले भर्खरै रोपेको धानबाली पनि बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। राजगढ, चकचकी कोरोबारी, पृथ्वीनगर, घेराबारी, बाहुनडाँगी, भद्रपुरका केही बस्ती पनि डुबानमा छन्। बाढीले दुधे शिवगञ्ज सडकमा सवारीसाधन आवतजावत गर्नै नसक्ने गरी क्षति पुर्याएको छ। उक्त सडकमा चार दिनदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। कन्काईको बाढी शिवसताक्षी नगरको माइधामतिर मोडिएपछि त्यहाँका ४२ घर उच्च जोखिममा परेका छन्। कन्काई नदी र बस्तीबीचको दुरी १० मिटरमात्र रहेको स्थानीय लालबहादुर बिष्टले बताए। सुनसरीको इटहरी–२ का अनिल धामी बौका खोलामुनि मृत अवस्थामा फेला परेका छन्।

पश्चिमाञ्चलमामात्र २१ को मृत्यु

सोमबार र मंगलबार परेको वर्षाका कारण बाढि र पहिरोले पश्चिमाञ्चलमा २१ जनाको मृत्यु भएको छ । त्यसै गरि बाढि र पहिरोमा परि २२ जना घाइते भएको पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए । मृत्युहुनेमा पाल्पा दोभान ५ झुम्साकी १६ वर्षिय अस्मिता बिक, पाल्पा गोठादी ५ बस्ने बर्ष ४५ वर्षिय तामबहादुर कनौजे, ३५ कि खगिसरा कनौजे उनीकी छोरी बर्ष १ वर्षि कि यशोदा कनौजे रहेका छन् । त्यसै गरि बाग्लुङ राजकुट ७ कुडुलाका ८ बर्षियकी दुजि लोप्चन, २२ वर्षिइ टिकि लोप्चन, बाग्लुङ दर्लिङ ९ का ७८ वर्षिय दके पुन, ३८ की देबी बुढामगर, दर्लीङ ३ बस्ने ८ बर्षियका सन्दिप बुढामगर। १६ वर्षिकी यमुना बुढा मगर रहेका छन् । त्यसै गरि गुल्मी बिसुखर्क ९ बस्ने ८ वर्षिय सुजन राना, ६ वर्षकी सिमना राना, हस्तिचौर १ मल्दीका ४९ वर्षकी तुलसी दर्जी, १९ वर्षकी अस्मिता दर्जी, ६२ वर्षकी कालिका दर्जी, ह्ववाङ्दी ३ बस्ने ४४ वर्षका बिष्णु प्रसाद घिमिरे, ह्ववाङ्दी ५ का १२ वर्षकी आशा घर्ती रहेका छन् । त्यसै गरि अर्घाखाची ठाडा ५ स्थित कोठिया मैदान बस्ने १७ वर्षकी सारदा घर्ति, पोखराथोक ९ डाङ्ग्रे बस्ने २७ बर्षकी दानी कुमारी राजकोटी, सिद्धारा ६ दुम्सी बस्ने ५४ बर्षकी मान कुमारी आले र कपिलबस्तु जिल्लाको कजरहवा ९ का २२ वर्षका रामगुलाम कलवार रहेको अयालले जानकारी दिए । बाढी पहिरोले ८५ घरमा क्षतिपुगेको उनले जानकारी दिए । त्यसै गरि भैसी ५, गोरु ५, गाई ४, बाख्रा २६, कुखुरा १० मरेको उनले बताए ।




Post a Comment

 
Top