0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्मोग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला उद्यमी भेला बुधबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले सम्पूर्ण महिलाहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन ।
उनले महिलाहरुले चाहेमा जस्तो सुकै कार्य गर्न सकिने बताउँदै, महिलाहरुद्वारा उत्पादित हस्तकलाका सामग्रीको गुणस्तरमा वृद्धिहरु अन्तर्राष्ट्रिय बजारमा विक्री गर्न सकिने सम्भावना रहेको बताइन । कार्यक्रममा पोखरा उद्योग वाण्ज्यि सघंका अध्यक्ष विन्दु थापाले महिलाहरुद्वारा संचालित फर्मलाई दर्ता तथा नविकरणका लागि आफूले पहल गर्न प्रतिवद्धता व्यक्त गरे।घरेलु तथा साना उद्योग सघं कास्कीका निवर्तमान अध्यक्ष तथा महिला उद्यमी विकास समितिका सल्लाहकार माधव पराजुली, पोखरा उद्योग वाणिज्य सघंका पहिलो महिला सदस्य तथा महिला उद्यमी विकास समितिका पूर्व कार्यसमिति सदस्य गंगा कुँवर, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास समितिका निवर्तमान संयोजक हिरा भट्टराई, घरेलु तथा साना उद्योग महासंघका प्रदेश नम्वर ४ का अध्यक्ष मिना पराजुली, तनहुँ उद्योग वाणिज्य सघं महिला उद्यमी विकास समितिका सभापति विष्णुमाया डल्लाकोटी, लेखनाथ उद्योग वाणिज्य सघं महिला उद्यमी विकास समितिका सभापति दिलकुमारी दाहाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा महिला सिप विकास केन्द्रका प्रबन्ध निर्देशक तथा पोखरा उद्योग वाणिज्य सघंका सदस्य रामकली खड्काले आफ्नो उद्यम क्षेत्रको अनुभव सहितको सफलताको कथा सुनाएका थिए । कार्यक्रममा विभिन्न संस्थामा निर्वाचित भएका तथा विभिन्न संघसस्थाबाट सम्मानित भएका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । यसरी सम्मान हुनेमा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास समितिका निवर्तमान संयोजक हिरा भट्टराई, घरेलु तथा साना उद्योग महासघंका केन्द्रिय सदस्य तथा वरिष्ठ व्युटिसिएन चिनु गुरुङ्क, घरेलु तथा साना उद्योग महासंघका ४ नम्बर प्रदेशका अध्यक्ष मिना पराजुली, महिला उद्यमी विकास समितिका सचिव तथा रेन्वो हेन्डिक्याफ्ट उद्योगका प्रबन्ध निर्देशक गोमा ढकाल, महिला उद्यमी विकास समितिका कोषाध्यक्ष तथा कम्प्लिट होम प्रोभिजनल स्टोर्सका प्रबन्ध निर्देशक लक्ष्मी पाण्डे लगायतलाई सम्मान समेत गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति विन्दु कोइरालाको सभापतित्वमा भएको कार्यक्रमको उद्देश्य सहित स्वागत कार्यक्रमका संयोजक तथा पोखरा उद्योग वाणिज्य सघंका कार्यसमिति सदस्य सिता गुरुङ्ग र कार्यक्रमको संचालन रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top