0
गोल्डेन न्यूज संवाददाता
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ सरकार बनाउन कुनै कानूनी संकट नरहेको बताएका छन् । प्रेस सोसाइटी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ संविधानले सरकार बिहिन अवस्थाको परिकल्पना नगरेको बताए । ‘सरकार बनाउन कानुनी अवरोध छैन,’ उनले भने,–‘नैतिक संकट मात्रै हो ।’ उनले संविधानमा अवरोध भएमा संसदबाट संबैधानिक अवरोध खोल्न सकिने बताए । उनले सरकार बनाउने र गिराउने खेलले पुन राननीतिक अस्थिरता निम्त्याएको बताए । उनले नयाँ संविधान जारी भएपछि देशले राजनीतिक स्थिरता, विधिको शासन र संबृद्धि पाउने जनताको अपेक्षा विपरित पुराना राजनैतिक शक्तिहरु सत्ताको खेलमा लागेको आरोप लगाए । देश र जनताको लागि काम गर्नु पर्ने समयमा पार्टी र गुटले देशलाई घाटा पुगेको बताए । उनले सत्ताको खेल अन्त्यका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रिपतिय प्रणाली आवश्यक रहेको बताए । उनले राजनीतिक सत्ताको खेल देखेर जनता पनि प्रत्यक्ष निर्वाचित राष्ट्रिपतीय प्रणलीको सर्मथनमा आउने बताए । २०७४ साल माघ सम्म तीन वटा चुनाव गर्नुपर्ने सम्बैधानिक बाध्यतालाई ख्याल गर्दै तीनवटै चुनाव एकै पटक गर्नु पर्ने बताए । प्राविधिक रुपमा सम्भव र देशको आर्थिक बचतका लागि यो आवश्यक रहेको उनको भनाई थियो ।








Post a Comment

 
Top