0
गोल्डेन न्यूज संवाददाता
रोट¥याक्ट क्लव अफ पोखरा न्यूरोडले युवा चासोः समाज, सुरक्षा र जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना ग¥यो । अन्तक्र्रियामा समाजशास्त्री प्रा.डा. विश्वकल्याण पराजुली, वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणि अधिकारी, महिला अधिकारवादी सावित्री गौतम र पत्रकार दीपक परियार वक्ताका रुपमा थिए । कार्यक्रममा बोल्दै उनीहरुले समाज रुपान्तरणमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै युवा नै समाज रुपान्तरणको सशक्त आधार भएको स्पष्ट पारे ।  प्राडा पराजुलीले युवाको उर्जाशिल समय देश विकासमा खर्चिनुपनमा जोड दिंदै मुलुकमै बसेर स्वरोजगारको विकास गर्न सके परनिर्भरता अन्त्य हुने र देश समुन्नतिको बाटोमा अग्रसर हुने स्पष्ट पारे । प्रहरी निरीक्षक मोहनमणि अधिकारीले प्रहरी र युवा दुवै समाजको समानान्तर शक्ति जस्तै भएको स्पष्ट पार्दै दुई शक्तिलाई समायोजन गरेर अगाडि बढ्न सके विकृति विसंगतिमुक्त समाज निर्माण हुनेमा दुईमत नरहेको बताए । महिला अधिकारवादी सावित्री गौतमले समाज निर्माण्मा हरेक वर्ग, क्षेत्र, जाति र लिंगको समान भूमिका हुने भएकोले समान सहभागिताको पक्षमा युवाले आवाज उठाउनुपर्नेमा जोड दिइन । उनले समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्दै समाज विकासको दिशामा उन्मुख हुन युवाले नै प्रमुख भूमिका खेल्नुपर्ने बताइन । पत्रकार दीपक परियारले समता, सद्भाव र सहकार्यको माध्यमबाट तमाम विभेदहरुको अन्त्य गर्न सकिने भन्दै संचार माध्यमले सफल युवाका प्रेरणादायी कथाहरुलाई उजागर गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण रोट¥याक्टर जीवन लम्सालले गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष टुबराज बाँस्तोलाले रोट¥याक्ट न्यूरोडको पहल प्रशंसनीय भएको बताए । उनले यस्तो कार्यक्रमले अन्योलमा रहेका युवालाई सही दिशामा डोहो¥याउन प्रेरणा दिने उल्लेख गरे । रोटरी न्यूरोडका पूर्व अध्यक्ष रवि बरालले समाजको सकारात्मक पक्षलाई हेरेर युवा शक्ति अघि बढ्नुपर्ने बताए । रोट¥याक्ट क्लब अफ न्यूरोड पोखराका अध्यक्ष सुजन रेग्मीले वर्तमान सामाजिक अवस्था, लैंगिक असमानता र उत्तरदायित्वका विषयमा युवालाई सचेत बनाउने कार्यक्रमको उद्देश्य रहेको बताए । उनले व्यक्तिगत सामाजिक जिम्मेवारीको चेतना अभिवृद्धि गर्न र कानून कार्यान्वयनकर्ता र सर्वसाधरणबीच आपसी सहयोगको वातावरण बनाउन कार्यक्रम फलदायी हुने अपेक्षा व्यक्त गरे । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका अवसरमा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष टुबराज बाँस्तोलाले रोट¥याक्ट न्यूरोडको आधिकारिक वेभसाइट उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई युवा व्यवसायी सुमन वाग्लेले विशेष सहयोग गरेका थिए भने प्रोफेसनल सर्भिस डिरेक्टर अभिषेक झाले पनि बोलेका थिए ।

Post a Comment

 
Top