0
गोल्डेन न्यूज संवाददाता
पोखराको पर्यटकीय क्षेत्र पातालेछाँगोमा हामफालेर एक जना बेपत्ता भएका छन् । डेभिडफल्समै १७ बर्षदेखि काम गर्दै आएका कर्मचारी छाँगोमा हामफालेर बेपत्ता भएका हुन् । पोखरा छोरेपाटनका ५४ बर्षीय दिपेन्द्र पौडेल छाँगोमा हामफालेका हुन् । उनको कपडा, पर्स र चप्पल छाँगो किनारमा भेटिएपनि उनको अवस्था अज्ञात छ । छाागोमा हामफालेको कसैले नदेखेपनि प्रहरीले पानी सुकाएर खोजीकार्य जारी राखेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुसार विहान ११ बजे खबर आएपछि उद्धारमा प्रहरी जुटेको हो । क्षेत्रीय प्रहरी गण पोखराको उद्धार टोलीले खोजीकार्य जारी राखेको छ । डेभिडफल्सको काउण्टरमा टिकट काट्ने काम गर्दै आएका पौडेल तीन देखि विदामा थिए । उनका घरमा एक छोरा, छोरी, श्रीमति र आमा छन् । उनी किन छाँगोमा हामफाले भन्नेवारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ । फेवातालको ड्याम बन्द गरी पानी सुकाएर अहिले खोजी कार्य भैरहेको छ ।

Post a Comment

 
Top