0
गोल्डेन न्यूज संवाददाता
पोखरा–९ बसपार्कस्थित सहारा बाल निमाविको भवन निर्माणका लागि सहारा क्लव हङकङले १ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । क्लवको तर्फबाट कार्यसमिति सदस्य सरिता गुरुङ, आजिवन सदस्य राजकुमार सापकोटा र रामजी गुरुङले भवन निर्माण समितिका संयोजक पूर्णबहादुर गुरुङ र प्रधानाध्यापक लोचना अधिकारीलाई बिहीबार बिच प्रदान गरे । हङकङमा सरिता गुरुङ, कमला थापा, लगायतले उक्त रकम संकलन गरेका थिए । सहारा क्लव हङकङका आजीवन सदस्य सापकोटाले विद्यालयलाई चौतर्फी सहयोगको आवश्यक रहेको धारणा राखे । सुकुम्बासी तथा श्रमक्षेत्रका अभिभावकबाट आर्थिक सहयोग जुटाउन कठिनाई भएको वेलामा सहारा हङकङको सहयोगले ठुलो राहात मिलेको प्रअ अधिकारीले उल्लेख गरिन् । उनले विद्यालयले गरेको रचनात्मक क्रियाकलाप, टोल सुधार समिति, अभिभावक आमा समूह सहयोगी संघ संस्थाबाट  २ लाख ६० हजार संकलन भएको जानकारी दिइन् । समारोहमा कृष्ण टोल विकास संस्थाका अध्यक्ष लेखुराम खातीले १० हजार संयोजक गुरुङलाई प्रदान गरेका थिए । सचारकर्मी दिपेन्द्र श्रेष्ठ ले पनि सहयोग को लागि पहल गर्ने बचन गने धारणा राखे । व्यवस्थापन समितिका सदस्य रामप्रसाद सुवेदीले वैशाख देखि निर्माण कार्य सुरु भएको भवन २ महिनासम्ममा ऋण धन गरेर सम्पन्न गर्ने जानकारी दिए । भवन निर्माण समितिका संयोजक गुरुङले नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन)को सक्रियतामा विद्यालय खोलेको जनाए । सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यले २०५४ सालमा विद्यालय प्राङ्गणमा क्लव स्थापना भएको बताए । विद्यालयका विद्यार्थीहरुले अतिरिक्त कृयाकलाप तर्फ टुडिखेल श्रोत केन्द्रका २३ विद्यालयमा उत्कृष्टता हासिल गरेको प्रअ अधिकारील बताइन् । दरवन्दीका ८ र निजीश्रोतबाट ४ शिक्षक राखिएको विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत छन ।


Post a Comment

 
Top