0
गोल्डेन न्यूज संवाददाता
रोट्रयाक्ट क्लव अफ पोखराले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । क्लवका पदाधिकारी, अन्य रोट्रयाक्ट क्लवका सदस्य र रोटरी क्लव अफ पोखराका अध्यक्ष विच जन्मदिन विहीवार मनाएको हो । सन् २००२ सालमा स्थापना भएको क्लवले सदस्यहरु बीच व्यत्तित्व विकास संगै सामाजिक कार्य गर्दै आएको छ । देशमा आइपरेको बाढी पहिरो, भुकम्प र नाकावन्दीमा क्लवले जनतालाई सहयोग गर्दै आएको पाइन्छ । रोटरी क्लव अफ पोखराका अध्यक्ष तथा रोट्रयाक्ट क्लव अफ पोखराको अभिभावक क्लवका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सिग्देलले जन्मदिनमा केक काट्दै रोट्रयाक्टका हरेक क्रियाकलापमा सहयोग गर्न तयार रहेको बताए । हरेक दिन रोट्रयाक्ट र रोटरी एउटै परिवारका सदस्य भएर अगाडि बढ्नु पर्नेमा अध्यक्ष सिग्देलले जोड दिए । रोट्रयाक्टका जेड आर आर संजीव पौडेलले सवैले सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए । रोट्रयाक्ट क्लव अफ पोखराका पूर्व अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका उप–महासचिव प्रकाशदेव पालिखेले रोट्रयाक्टमा हुँदा सिकेको ज्ञानले आज विभिन्न पदमा कार्य गर्दा सजिलो भएको चर्चा गरे । रोट्रयाक्ट क्लव अफ पोखराका अध्यक्ष सुजनबाबु लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष राजु पौडेल, रोट्रयाक्ट क्लव अफ पोखराका पूर्व अध्यक्षहरु क्रमश शोभाकान्त सिग्देल, रामचन्द्र पौडेल, सन्देश सिग्देल दिपक तिवारी लागयतले वोलेको कार्यक्रममा रोट्रयाक्ट क्लव अफ पोखरा २०१६–२०१७का सहसचिव प्रीति पाण्डेले संचालन गरेकी थिइन् ।









Post a Comment

 
Top