0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय धान दिवसको अवसरमा मिस कल्चर नेपाल २०१६ का प्रतियोगीहरु बीच दही चिउरा खाने कार्यक्रम तथा फोटोसुट सम्पन्न भएको छ । पोखरा १८ दोबिल्लामा भएको कायक्रममा १५ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि.का अध्यक्ष शोभा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी महासचिव सुमन गुरुङ, जिल्ला अध्यक्ष हिरा भण्डारी, उपाध्यक्ष संगीता पाण्डे, गोल्डेन स्टार मल्टिमिडिया प्रा.लि.का अध्यक्ष सरन गुरुङ, सेभेन हर्ट इन्टरटेनमेन्टका प्रमुख लक्ष्मण छन्त्याल लगायत पोखरा आसपासका अन्य सौन्दर्यकर्मीहरुको उपस्थिति रहेको थियो । पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा दही चिउरा खाएर धान दिवस मनाईएको थियो साथै दोबिल्ला वरिपरीको मनोरम दृश्यमा प्रतियोगीहरुको फोटोसुट गरिएको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए। कार्यक्रममा मेरो साथी अनलाईनले फोटोसुुट गरको थियो । फोटोसुट गोल्डेन स्टार मल्टिमिडिया प्रा.लि. तथा मेरो साथी अनलाईनका अध्यक्ष सरन गुुरुङको संयोजकत्वमा सुरेश सुनार, टोपबहादुर वि.क., ईश्वर श्रेष्ठ, आशिष सुनारले गरेका थिए । कार्यक्रमको फाईनल साउन १ गते पोखरा सभागृहमा हुनेछ ।








Post a Comment

 
Top