0
कुनै बेला लिखित रुपमै माओबादी र मेधशबादीहरूले पागल घोषणा गरिएका एमालेका के.पी ओलीलाई समर्थन जनाए पछि सरकार गठन भयो । यो सरकार गठन कै रात देखी सत्तापक्ष र बिपक्ष दुबै पक्षलाई निद्रा लागेको छैन । राजनीतिक प्रकृतीको सरकार भनेको संधै अस्थाई नै हुन्छ केवल कर्मचारीतन्त्र मात्र स्थाई सरकार हो । यो राजनीतिमा लागेका सबैले बुझेरै राजनीति गरेका होलान । तर जब यो सरकार गठन भयो अधिकांशले सोचेका थिए यो सरकार पनि कान चिरेकै जोगी होला । म यहाँ सरकारको अन्धभक्त बनेर समर्थनमा शब्द बुन्न खोजेको छैन । कहिंकतै त्यस्तो भेटिए खोलाको सागमा झार भेटिए जस्तै सम्झनु होला । यो सरकार गठनका बेला सजिलै गरी कसैले कुर्सिमा चढाई दिएको पनि होईन यो कुरा शेर बहादुर जीलाई बढी थाहा छ किनकी सरकार बन्नै लागेको बेला भारत र तराई मधेश, माओबादी देखी भेट्न मिल्ने ठाउँमा बठैकहरू बस्न भ्याउनु भयो यो सत्तामा जान नदिन गरिने नेपाली राजनीतिको ढलको गन्ध थियो जसका लागि सबै पार्टिले यो काम बिना माक्स गर्छन नै चाहे त्यो कार्लवाला माक्र्स हुन वा बि.पि वाला । यो सरकार गठनको शुरुमै पाँच पाँच जना उपप्रधानमन्त्री बनाएर ईतिहास मै नभएको गलत प्रवृति खडा गरेको छ यसको मुल्य हाललाई मात्र नभएर भविष्यलाई समेत जनताले भुपु बिशिष्टका नाममा करको अंश तिर्नुपर्ने हुने छ । यो गलत थियो तर सरकारमा जानले यो गठबन्धन सरकारका कारण आएको प्राविधिक कुरा भनेर सही साबित गर्न खोजे तर यो गलतै हो भाषा र शब्द जे भए पनि गलत हो । सरकार गठन पछि माओबादीले पनि आफ्ना बिगतका बाचा पुरा गरिन्छ भन्ने सोचमा थियो भने एमालेलाई पनि नहुने कुरै भएन । शुरुका केही महिना भारतीय नाकाबन्दीले सरकारलाई केही गर्न सकेन त्यसै बखत यो सरकारको आलोचना गर्न आवश्यक छैन काम गर्न दिउँ पनि भने युवा नेता गगन थापाले । यो सरकार गठन हुँदा भूकम्प पीडितको समस्या बिकरल थियो त्यो समस्याको यथासक्य समाधान गर्न प्राधिकरण गठनमा एमाले र काँग्रेस बीचको राजनैतिक स्वार्थले आजसम्म भूकम्प पीडितको पालमुनिको बास भएको छ यसको जिम्मा एमाले र काँग्रेसले लिनु पर्छ । यो सरकारले गर्न नसकेको काम मध्यका एक काम भूकम्प पीडितको यो हालत पनि हो । बाबुराम भट्टराईको जम्बो मन्त्रालय नभए पनि उपप्रधानमन्त्रीमा रेकड नै कायम गरेका के.पी ओलीको यो सरकारलाई फेरी काँग्रेसका केही केन्द्रिय तहका बाहेकले किन रुचाएका छन्, किन काम गर्न देऊभनेर अभियान गरेका छन् वा प्रशंसाका खुला पत्र किन आईरहेका छन् । के यो सब लोकमान सिहं कार्कीले खडा गरेका क्रिते सामाजिक संजालवालाहरूको जमात मात्रै हो कि यसमा सत्य तत्य पनि केही छ यो स्पष्टै छ । सरकार गठन पछिको पहिलो मन्त्रिपरिषद्को बैठकले देशलाई दुई बर्ष भित्रमा तुईनमुक्त गराउने निर्णय गरेको थियो । त्यो काम तीब्र रुपमै भईरहेको छ यो प्रत्यक्ष जनताले सुविधा पाउने कुरा हो जसको बारेमा कसैले बिरोध गर्नु पर्छ र ? भारतिय नाकाबन्दीमा जनताले सास्ती पाए तर पटक पटकको भारतीय नाकाबन्दीलाई भारतीय पक्षले भनेको सबै मानेर स्वाभिमान गुम्न दिएन यो सरकारले गरेको यो स्वाभिमानी काम कुनै एउटा पार्टिको हुन्छ कि सिंगो देशको त्यसैले पनि काँग्रेसका साधारण भोटरले समेत भारतीय दमनको प्रतिकारलाई स्वागत गरे । हाम्रो देश कृषिप्रधान भनिए तापनि आखिर पुर्ण रुपमा कुर्सिप्रधान नै हौ । रसियाको धनिया देखी अरब र नाईजेरियाका खाद्यान्न ल्याउनु परे पनि भारत सगँको व्यापारिक परनिरनिर्भरता असाध्यै बढेको छ । यो एक पक्षिय ब्यापारिक परनिर्भरतालाई रोक्न यो सरकारले गरेको चीन सगँको पारवहन सम्झौतामा के नेपाललाई बेफाईदा छ । नेपालमा बसेर भारतको लागि काम गरीरहेकाहरूलाई बाहेक सर्वसाधारणका लागि यो खुशी कै कुरा हो जसको पहिलो नतिजा स्वरुप चीनले नेपालमा बालबाहक चीन पठाईसकेको छ । संख्याका आधारमा तोक्न नसके पनि नारायणमान बिजुच्छेले भने झै ठुलो संख्यामा भारत प्रति बफादार कर्मचारीतन्त्रले आयल निगम कब्जा गरेका कारण हाल सम्म चीन संगको सम्झौता रोकिएको थियो तर यो सरकारले गरेको छ । आज हामीले खाने आँपका बोट हाम्रा पुर्खाले रोपेका थिए होला त्यसैले यो काम अहिलेलाई भन्दा दीर्धकालिन छ त्यसैले यो सरकार ढाल्न खोज्दा यो कुरा बुझ्न जरुरी छ । आज सम्म बनेका सरकारले आफ्ना सन्तान र पुष्ताका बारे मात्रै सपना देखे । दलितका कोटामा, जनजातिका कोटामा र पुरुषले समेत सुत्केरी भत्ता खादाँ कसैले केही बोलेनन् । जनताको सपना कसैले सोचेन । अरब र खाडीका ५० डिग्रीको तापको रापमा पोलिएको नेपालीले खरको छानाबाट तारा नदेखियोस् भन्ने चाहेको छ । यो सारा यहि सरकार गर्न सक्छ होईन तर देश बिकासको सपना देखेको छ । काम पनि गरिरहेको छ । माओबादी अहिले सरकार मै छ । पटक–पटक काँग्रेसका सभापतिको पछि लागेर सरकार छाड्ने र बस्ने कुरा गरिरहन्छ । यो लेख लेख्ने बेला सम्म करीब तीन पटक सरकार ढलाउने ठुलो कसरका खेल भई सकेका छन् ! यो सरकार हटाउन खोज्नु पुर्व यो सरकारले ल्याएको बजेटका राम्रा पक्षको कसैले कुरा गर्न चाहदैन । किन ? यदि यो सरकार जनतामा आशाको संचार नगरेको भए आज काँग्रेसले धेरै पटक चाहेर पनि ढलेको छैन । माओबादी पनि यो सरकार ढाल्दा आँफु अलोकप्रिय हुन डरमा छ पनि किनकी काँग्रेसको पछि लाग्दा आफ्नै पार्टिका अधिकांशले यो सरकारलाई ठीक मानेकै छन् । यो सरकारले अहिले सम्म चमत्कार गरेको छैन र गर्नेवाला पनि छैन किनकी यो मानव समाजबाट निर्मित्त सरकार हो । हामी देवत्वकरण गरेर कुनै पनि सरकारबाट धेरै अपेक्षा गर्न जरुरी छैन र सम्भव पनि छैन । अत्तः यो सरकार तुलनात्मक रुपमा असल सरकार हो । हुन सक्छ भूकम्पलाई राहत दिने सवालमा यो सरकार असफल हो तर यो पनि बुझौ कि भूकम्प पीडितका लागि घोषित रकम हाम्रो भकारीको धान थिएन तर हाम्रै बारीको साग जस्तै गरी दिने घोषणा गरियो । भूकम्पको बेला सम्झौता गर्दा काँग्रेस कै सरकार थियो तर बिदेशीले दिने रकम शर्तात्मक थियो यो कुरा कसैले बुझाउन चाहेनन् किनकी त्यो बेला ठुलो सहयोग गराउन सफल भईयो भन्ने देखाउन थियो । आफ्नो संस्थाको अभिष्ट पुरा गर्न बिदेशी दातृ निकायलाई तवेलाबाट फुकाउन शहरमा छोड्न यो सरकारले दिएन त्यसैले पनि चितवनको ध्रुवे हात्तीको तालमा संसद अवरुद्धको कुरा आयो तर जड कुरा चार भागको एक भाग मात्र भूकम्प पीडितको रकम जम्मा भएको छ अब भन्नुस् एकै पटक २ लाख कसरी पुग्छ । लोकप्रीय नै हुने हो भने पाँचै लाख बोले पनि भयो । त्यसैले पनि यो सरकार ढाल्नु पुर्व यो सरकारले अघि सारेका राम्रा कामको निरन्तरता दिन तयार नभए यस पछि बन्ने सरकारको आयु संसदको अंकमा भन्दा जनताको हिसाब किताबबाट हट्न पर्ने हुन सक्छ । कानुनको विद्यार्थी नभए पनि यदि संबिधान मान्नैका लागि तयार पारिएको होभने यो सरकार कि चुनाबबाट मात्र हट्छ वा आँफै राजिनामा दिएपछि मात्र हट्छ तर कानुनको अपव्याख्या र मनपरितन्त्रमा यो सरकार भोली पनि हटाउन मिल्छ !
स्रोत ः जनमञ्च


Post a Comment

 
Top