राजाराम पौडेल÷गोल्डेन

हुन त स्थायी ठेगाना कास्की जिल्लाको सार्दिखोला गाउँ विकास समिति वडा नं. १ भुर्जुङखोला भएपनि रसिला गुरुङको जन्म भारतको पथनकोटमा भएको हो । बुबा इन्द्र बहादुर र आमा भीमशोभा गुरुङको पहिलो सन्तानको रुपमा आजभन्दा २३ वर्ष अघि जन्मिएकी उनको बाल्यकाल देखिनै नृत्यतर्फ झुकाव थियो । बुबा इन्डियन आर्मीमा जागिर गर्ने भएकोले उनी केहि समय त्यतै बसिन् । त्यतिबेला नृत्यका अलावा स्केच बनाउनमा समेत रसिलाको रुचि थियो । केहि समयको भारत बसाइपछि वि.स.२०५६ सालमा उनी नेपाल फर्किइन । नेपाल आएपश्चात माछापुच्छ«े्र उच्च माध्यामिक विद्यालयमा उनी भर्ना भइन् । शुरुमा यहाँको रहन–सहनमा भिज्न गाह्रो भएपनि विस्तारै सहज हँुदै गयो । कक्षा ७ मा पढ्दाबाट उनले विभिन्न प्रतियोगितामा भाग लिन थालिन् । स्कुलमा आयोजना हुने साँस्कृतिक कार्यक्रम र नृत्य प्रतियोगीतामा उनले भाग लिन्थिन् । यस्ता अधिकांश प्रतियोगितामा प्रथम हुन्थिन् । यसले उनलाई यात्रा अगाडि बढाउन सहजता मिलेको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण भएपश्चात उनी कन्या क्याम्पसमा भर्ना भइन् । तत् पश्चात उनको यात्राले फक्रने र फूल्ने मौका पाएको हो ।
वि.स.२०७० मा प्रितम गुरुङको निर्देशनमा रोधी डिजिटलको व्यानरमा निर्माण भएको गुरुङ फिल्ममार्फत उनको फिल्म क्षेत्रमा कलाकारको रुपमा आगमन भयो । छोटो भूमिका भएपनि यस्ले उनलाई अगाडि बढ्न बाटो खोलिदियो । उनी भन्छिन्–‘फिल्म क्षेत्रमा कसरी पस्ने भन्ने भएकोले सहज बन्यो, फिल्म क्षेत्रको अनुभव एकदम रमाइलो लागेको थियो ।’ गोरखा सिरानचोक एण्ड लिगलिग फिल्मस् प्रा.लि.को व्यानरमा जनक गुरुङले निर्देशन गरेको गुरुङ फिल्म प्रेमी–प्रेमिकामा मुख्य भुमिका उनले निभाएकी छन् । यो फिल्ममा भेष गुरुङले नायकको रुपमा उनलाई साथ दिएका छन् । फिल्म लमजुङ र दुवईमा प्रर्दशन गरिसकिएको छ । पोखरामा यही असोजमा फिल्म दर्शकमाझ आउने उनले बताइन् । गाउँको परिवेशमा निर्माण गरिएको माया–प्रेम, हाँसो–रोधनको मिश्रण रहेको फिल्म सन्देशमूलक रहेको उनको भनाइ छ । उनले खुशबहादुर गुरुङको निर्देशनमा शुभेच्छा फिल्म प्रालिको व्यानरमा बनेको प्रे–सोना (सँगै जीउ) फिल्ममा अतिथि कलाकारको भूमिका निभाएकी छन् । यो फिल्ममा कोरियोग्राफरको जिम्मा समेत उनले पाएकी थिइन् । फिल्मको प्रदर्शन असारमा हुने उनले बताइन । जसु गुरुङको निर्देशनमा तमु फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्म कर्म क्याँ (कर्मको बाटो) मा उनले अभिनय गरेकि छन् ।
उनले आरके गुरुङको कौरा गीतमा मोडलको भूमिका निभाएकी छन् । अब छिट्टै निर्माण हुन लागेको फिल्ममा कोरियोग्राफरको भूमिका उनले निभाउने छन् । दिपज्योती कला केन्द्रमा केहि समय नृत्य प्रशिक्षकको रुपमा काम गरिन् । विभिन्न समाजमा र स्कुलमा समेत नृत्य उनले सिकाइन् । फिल्म क्षेत्रमा आएपछाडि यो क्रम रोकिएको छ । उनले भनिन्–‘समय मिलेको खण्डमा नृत्य निर्देशनको पेशालाई निरन्तरता दिन्छु ।’ उनले तिमी नभए फिल्मको शीर्षक गीतमा समेत कोरियोग्राफीको भूमिका निभाएकी छन् । गुरुङले यसअघि कौरा गीत र सालैजो गीतमा पनि कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन।
हरेक वर्ष भारतको देरादुन चिसापानीमा दशैंको अवसरमा हुने कार्यक्रममा सहभागी उनी हुने गरेकी छन् । त्यहाँ सहभागी भएर नृत्य सिकाउने र आफ्नो नृत्य समेत उनले पस्कन्छिन् । उनले नेपालका कास्की, तनहँु, लमजुङ, काठमाडांै लगायतका विभिन्न जिल्लामा पुगेर आफ्नो प्रस्तुति देखाइसकेकी छन् । हङकङमा भएको जिफान नाइट कार्यक्रममा पुगेर उनले आफ्नो प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गरिन् उनले । यो संगै विभिन्न ठाउँमा आयोजना भएका नृत्य प्रतियोगितामा निर्णायकको जिम्मेवारी उनले सम्हालिसकेकी छन्। उनी गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको महिला विभाग प्रमुख समेत हुन् । पोखरामा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुन आएका महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यले उनको नृत्य मन पराएर काठमाडांैमा नृत्य देखाउने अवसर प्रदान गरेको उनी बताउँछिन् । यो अवसर पश्चात नृत्य सिकाउने काम पाएको उनले सुनाइन् । हाल घरमा ममी, भाइ समिर बहिनी रिसान्ताको साथमा उनी छन् । बाबा भने कामको शिलशिलामा भारतमा नै छन् । उनले भारतको देरादून चिसापानीमा नृत्य सिकेर आफूमा निखारता प्रदान गरेकी थिइन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm
Post a Comment