0
गोल्डेन न्यूज संवाददाता
प्रगति टोल र प्रगति नगरटोलमा आवद्ध संस्थाहरुले बिहीबार २३ जना प्रवेशिका उत्तीर्ण छात्रछात्राहरुलाई सम्मान गरेका छन् । टोलमा आवद्ध ः मेलमिलाप, मिलीजुली, सगरमाथा, खुशी दिदीवहिनी र असल साथी समूहले विद्यार्थीलाई सम्मान गरेका हुन् । परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल नीजिका सुसन अधिकारी (प्रथम), प्रशान्त भुजेल (दोश्रो) र सुजन परियार (तेश्रो), यस्तै सामुदायिकका प्रवेश परियार (प्रथम), जित बहादुर गुरुङ (दोश्रो), बिनिता नेपाली (तेश्रो) र नारायण विक (तेश्रो)लाई नगदद्वारा सम्मान गरिएको थियो । उनीहरुमध्ये प्रथमलाई १५ सय, दोश्रोलाई एक हजार र तेश्रोलाई सात सय रुपैयाँ प्रदान गर्दै सम्मान गरिएको हो । प्रवेशिकामा उत्तीर्ण छात्र–छात्राहरुः विनिता परियार, सन्जोग थापामगर, शान्ति गुरुङ लगायत अन्य १३ जनालाई पनि सम्मान गरिएको थियो । सामाजिक संस्था असल छिमेकी नेपालले कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गरेको थियो । प्रगति टोल विकास संस्थाका अध्यक्ष प्रकाश भुजेलले पोखरेली लाई टोलप्रतिको सकारात्मक सन्देश दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए । वडा नं ७ स्थित प्रगति र प्रगति नगरटोललाई सुकुम्बासी क्षेत्र भनिएपनि यसले पोखराकै उत्कृष्ट टोलको परिचय दिन सफल भएको उनले दाबी गरे । असल छिमेकीका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले बालबालिकालाई समाजप्रति जिम्मेवार हुन आग्रह गरे । प्रवेशिका उत्तीर्ण गरेसँगै उनीहरुमा समाजप्रतिको उत्तरदायित्व थपिएको उनले औँल्याए । निर्देशक अधिकारीले नेपालको शिक्षा व्यवहारिक हुनुपर्नेमा जोड दिए । प्रगतिनगर युथ क्लबका अध्यक्ष चित्रबहादुर नेपालीले विद्यार्थीहरु प्रवेशिका उत्तीर्ण हुनुले टोललाई साक्षरतातर्पm उन्मुख गरेको बताए।‘सुकुम्बासीको अवहेलनालाई तोड्दै यहाँपनि पढेलेखेका व्यक्ति छन् भन्ने कुरा प्रष्टिएको छ’–उनले भने । कार्यक्रममा बालहित संरक्षण समितिका उपाध्यक्ष राममोहन आचार्य, तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top