0
गोल्डेन न्यूज संवाददाता
जिल्ला कृषि विकास कार्यालय कास्कीको सहयोगमा लेखनाथ नगरपालिकाको सबै भन्दा ठूलो वेगनास तालमा शुक्रवार  विभिन्न जातका १८ हजार माछाका भुरा  छाडिएको छ। वातावरणीय सन्तुलन ल्याउन, निम्न वर्गका समुदायहरुको आर्थिक उपार्जन गर्न र पर्यटन प्रवद्र्धकका लागि सरकारी अनुदान मार्फत विगत १३ वर्षदेखि निरन्तर रुपमा छाडिंदै आएका माछाका भुरा यसबर्ष पनि छोडिएको हो। बेगनासतालको पिप्ले कुनामा आयोजित कार्यक्रमको पहिलो चरणमा  सिल्भर, विगहेड, रुघु,नैनी भ्याकुर र ग्रासकार्प जातका १८ हजार माछाका भुरा छाडिएकोे थियो। माछाका भुरा छाड्दै निमित्त क्षेत्रीय कुषि निर्देशक ह्दयनाथ घिमिरेले प्राकृतिक स्रोतको संरक्षण गर्दै लोप हुन लागेका स्थानीय जातका माछाको संरक्षणमा जोड दिएका थिए। वेगनासताल मत्स्य व्यवसायिक समितिका अध्यक्ष झलक जलारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी, जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि अधिकृत रमेश प्रसाद कोईराला, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शिड फाउण्डेशन कास्कीका निर्देशक दामोदरभक्त थापा, कृषि वैज्ञानिक महोमद इकवाल हुसेन, पोखरा एङकलर्सका अध्यक्ष बालकृष्ण गुरुङ र कृषि सेवा केन्द्र शिशुवाका पूर्णबहादुर बानियाँ व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्नका लागि स्थानीय जातका माछालाई संरक्षण गर्नुपर्ने बताएका थिए।  यसैगरि वेगनासताल मत्स्य व्यवसायिक समितिले पनि गत माघ महिनामा विभिन्न जातका करिब ५ लाख ३० हजार माछाका भुरा छाडेको थियो।

Post a Comment

 
Top