0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस कालिका गाउँ इकाई समितिले कास्कीको उत्तरपूर्वी गाविसबाट बग्ने मादी नदीमा आएको अविरल वर्षा पछिको बाढीले पु¥याएको क्षेतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाविस इकाईका सभापति भानुभक्त ढकालले एक विज्ञप्ति प्रकाशित गरी सो बाढीबाट प्रभावित एवम् विस्थापितहरूलाई तत्काल राहत तथा पुनस्र्थापनाको कार्य संचालन गर्ने स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन्् ।विज्ञप्तिमा बाढी आएको एक साता वित्नै लाग्दा पनि कास्कीको स्थानीय प्रशासनले कुनै चासो नदेखाएको र पीडितहरू खुल्ला आकाशमुनी रात कटाउन बाध्य भएको भन्दै यथाशीघ्र पुनर्वास र राहतको व्यवस्था गर्न आग्रह गरिएको छ । बाढीबाट पार्चे, गाविस, वडा नं. १ का दश घर परिवार विस्थापित भएका छन् भने छिमिकी गाविस कालिका, थुमाको डाँडा, सिल्दजुरे र नामार्जुनका केही घर पनि प्रभावित भएको जनाइएको छ । नदीको वाढी र प्रवाह समयमा नियन्त्रण हुन नसके यसले थप मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै सोको निवारणका लागि पहल गर्न समेत आग्रह गरिएको छ ।
यसैबीच मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे गाविसका १ सोधा गाउँका बासिन्दालाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सहयोग गरेको छ । रेडक्रसले शनिवार सोधामा पुगेर राहत वितरण गरेको हो । मादी नदीले कटन पछि घर गुमाएकी कन्या कुमारी गुरुङको परिवारलाई खाद्य सामाग्री, पाल, खान पकाउन आवश्यक सामग्री नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्माले प्रदान गरे । अन्य ७ घर परिवारलाई पाल र एक स्वास्थ्य संस्थाका लागि आवश्यक पाल प्रदान गरेका शर्माले जानकारी दिए । 
आसमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, आसबहादुर भुजेल, तुलसी घर्ती, चित्रकुमारी गुरुङ, भौमाया क्षेत्री र गाउँ घर स्वास्थ्य चौकीको घर जोखिम परेको भन्दै पाल प्रदान गरेको नेपाल रेडक्रस सोसाटी कास्कीका सुवास सापकोटाले जानकारी दिए । बिहीबार राती बर्षासँगै मादी नदी उर्लिएर बस्ती नै बगाउने गरि कटान गरेको हो । एउटा घरका पुरै सामान सहित पूरै बगायो, स्थानीय यमन गुरुङले भने–‘पानी थपियो भने अरु पनि बगाउने अवस्थामा छ । घरमा बस्ने स्थिति छैन त्यसैले स्कुलमा बसेका छौं ।’ मादीको मुलमा अबिरल बर्षा भएका कारण बाढी आएको उनले बताए । बाढीले गाउँ नै जोखिममा परेपछि स्थानीयहरु नजिकै रहेको दुधपोखरी माविमा गएर बसेको बताए । बाढीले खेतीयोग्य जमिन समेत कटान गरेको छ । नदीको कटान बढ्दै गएकाले जोखिम निकै बढेको स्थानीयहरुले बताए । घर भित्र बसौं भने बाढीले बढार्ला भन्ने डर लाग्छ, उनीहरु भन्छन्–‘त्यसैले घरै छोडेर सुरक्षित ठाउँमा बसेका छौं ।’ स्थानीयहरुले पहिले गाउँ भन्दा तल विद्यालय रहेपनि मादीले बनाए पछि गाउँ माथि सारेको बताए । घर विहिन बनेकाहरुले आफ्नो अन्यत्र जग्गा जमिन नभएका कारण सरकारले पुर्नबासको व्यवस्था मिलाइ दिन आग्रह गरे । मादीले घर बगाए पछि आफू घर र जग्गा बिहिन बनेको कन्या कुमारी गुरुङले बताइन् ।
उनले सरकारले पुनःबासका लागि सहयोग गर्नु पर्ने बताईन् । उपसभापति शर्माले पुर्नवासका लागि जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराउने बताए । मादीमा पटक पटकको बाढीका कारण किनारको बस्ती उच्च जोखिममा छ । विज्ञहरुले नदीको आसपास नबस्न सुझाब दिएका छन् ।








Post a Comment

 
Top