0
गोल्डेन न्यूज संवाददाता
लाइफ इन्स्योरेन्स कम्पनी
(एलआइसी) नेपालले सलाङ–३, धादिङ निवासी हुमनारायण श्रेष्ठका परिवारलाई मृत्युदाबी रकम हस्तान्तरण गरिएको छ । आइतबार धादिङमा आयोजित एक कार्यक्रममा बीमा एजेन्सी मेनेजर बेनि पाठकले हुमनारायणकी धर्मपत्नी बोधकुमारी श्रेष्ठ उक्त रकम हस्तान्तरण गरेका थिए । हुमनारायणको केही समय अघि सडक दुर्घटनामा परि निधन भएको थियो । उनले एलआइसी नेपालमा पाँ लाख रुपैयाँको जीवन बीमा गरेका थिए । उनले जीवन बीमा शुल्क बापत १ लाख ८५ हजार ४६० रुपैयाँमात्र जम्मा गरेका थिए । सो अन्तर्गतबाट प्राप्त हुने रकम  ११ लाख ६० हजार रुपैयाँ उनकी धर्मपत्नी बोधकुमारीलाई प्रदान गरिएको बीमाका एजेन्सी म्यानेजर बेनि पाठकले बताए । उक्त अबसरमा बोल्दै पाठकले मानिसको विकल्प रकम हुन नसकेपनि जीवनलाई सहजरुपमा अघि बढाउन रकम चाहिने र भाविष्यलाई सुरक्षित राख्न जीवन बीमा अति आवश्यक भएको बताए । कार्यक्रममा साना किसान कृषि सहकारीका अध्यक्ष डिल्लीप्रसाद पाठक, नेकपा एमाले सलाङका सचिव रामहरी बराकोटी, साना किसान कृषि सहकारीका सहायक प्रबन्धक खड्क कुमार श्रेष्ठ लगायतले जीवन बीमा र यसका सवल र सकारात्मक पक्षबारे चर्चा गरेका थिए ।











Post a Comment

 
Top