0
गोल्डेन न्यूज संवाददाता
कृषि क्षेत्रलाई निश्चित ठाउँ तोक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन । कृषि तथा पशुपालन गरेको क्षेत्र वरपर वस्ती बसाल्नका लागी भन्दा पनि खेती योग्य भुमिमा प्रयोग गर्नतर्फ सरकारले निती नियम बनाउनुपर्नेमा उनीहरुले विशेष जोड दिएका हुन । पछिल्लो समय खेतीयोग्य भुमिहरु घडेरीमा परिणत भइरहदा यसले कृषि पेशालाईनै धरापमा पर्ने खतरा रहेको समेत उनीहरुले निष्कर्ष निकालेका छन । नेपालकै अत्याधुनिक तथा ठूलो बङगुर फार्म पोखरा लाइभ स्टक प्रालि रिठेपानी लेखनाथमा सञ्चालित ब्यवशायिक कृषि तथा व्यापार आयोजना उपआयोजना संकेत नम्बर सीके एसके १२ अन्तर्गत आयोजना गरिएको तेश्रो सार्वजनिक सुनुवाइमा सहभागीहरुले कृषि तथा पशुुपालन गरेका क्षेत्रमा मानव बस्ती बसाल्न नहुनेमा जोड दिएका हुन् । मानव वस्ती भन्दापनि त्यस्ता क्षेत्रहरुमा कृषिका कार्यक्रमहरुलाई जोड दिनुपर्नेमा उनीहरुको जोड रहेको थियो । सार्वजनिक कार्यक्रममा वोल्दै क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक डा. देवनन्दन शाहले पछिल्लो समय कृषियोग्य भूमिहरुमा घडेरी बसाउने काम दिनानुदिन वढिरहेको र कृषि तथा पशुपालन गरेकाहरुलाई यस्ता कामले पलायन हुने स्थितिमा पु¥याउनेवालामा रहेको बताए । पोखरा लाइभ स्टक प्रालिले पछिल्लो समयमा राष्ट्रिय स्तरमानै आत्मनिर्भर बन्नमा सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे । क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला पोखराका वरिष्ठ पशु चिकित्सक डाक्टर केदारराज पाण्डेले पछिल्लो समय बंगुरपालन बढ्दै गएको र अन्य मासु भन्दा बंगुरको मासु स्वस्थकर भएकाले यसको उपयोग ढुक्कसाथ गर्न सुझाव दिए । त्यस्तै प्रिस्ट पोखराका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत बसन्त कुमार श्रेष्ठले स्थानीय र पशुपालक कृषकहरु वीच आपसी मितब्यायिता भएमा पेशा राम्रो संग अगाडि बढ्न सक्ने बताए । वडा नागरिक मञ्च रिठेपानीका सयोजक कर्णेल प्रयागराज भण्डारीले अन्य बंगुर फार्म भन्दा पोखरा लाइभ स्टक प्रालिले अत्याधुनिक ढंगले बंगुर पालन गर्दै आएको र सफा सुग्घरलाई बिशेष ध्यान दिएको बताए । पोखरा लाइभस्टक प्रालिका सञ्चालक छ्याम थापाले आफूले अत्याधुनिक ढंगले बंगुरपालन गरेको भएतापनि अझै बजारको अभाव रहेको बताए । विभिन्न संघ संस्थाहरु संग समन्वय गरेर आफूले विभिन्न योजनाहरु सञ्चालन गरी साना किसानहरुलाई समेत आधुनिक बंगुरका बीउहरु प्रदान गरिरहेको उनले बताए । कार्यक्रममा पोखरा लाइभस्टक प्रालिका सल्लाहकार भीम बहादुर गुरुङ, क्षेत्रीय बंगुर ब्रिडर समूहका सचिव पदम बहादुर थापा मगर, भूपू सैनिक क्लव लेखनाथ–२ रिठेपानीका अध्यक्ष सु. जगबहादुर गुरुङ लगायतले बोलेका थिए ।





Post a Comment

 
Top