0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा समृृद्धिले पोखरा उपमहानगरपालिका वडा नं. ५ स्थित मनकामना मन्दिर परिसरमा वृक्षारोपण तथा गोडमेल गरेको छ । स्थानीय ज्येष्ठ नागरिक घनबहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्दिर परिसरमा प्रयोगमा आउने धार्मिक महत्वका बृक्षहरु लगाईएको थियो ।
लायन्स क्लब अफ पोखरा समृद्धिका अध्यक्ष कल्पना श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गर्दे रोपिएका विरुवाहरुको उचित स्याहार पनि समय समयमा गरिने प्रतिवद्धता व्यक्त गरेका थिए। क्लबका वातावरण संयोजक शान्ति श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा क्लबका सदस्यहरु, मनकामना मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, स्थानीय समाजसेवीहरु को उपस्थिति रहेको थियो । पोखरामा रहेका विभिन्न लायन्स क्लबहरुमध्ये २८ जना महिलाहरुको मात्र सदस्यता रहेको नयाँ क्लब हो लायन्स क्लब पोखरा समृद्धि । जुलाई एक सय कार्यकालको पहिलो दिन रहेको र उक्त दिनमा नै औपचारिक पहिलो कार्यक्रम अन्तर्गत यस बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको व्यहोरा जानकारी गराउँदै क्लबका सचिव राधिका थापाले कार्यक्रम संचालन गरेकी थिइन ।







Post a Comment

 
Top