0
गोल्डेन न्यूज संवाददाता
बिहीवार पोखराको पर्यटकीय क्षेत्र डेभिडफल्समा हामफालेका ब्यक्तिको शब भेटिएको छ। विहिवार विहान झण्डै ११ बजे छाँगोमा हामफालेका त्यहि कार्यरत कर्मचारी दिपेन्द्र पौडेलको शब शुक्रवार साझ ५ बजे भेटिएको हो । छाँगोमा पानी सुकाएर दुई दिन सम्म खोजी गर्दा उनको शब फुस्रेखोलामा भेटिएको प्रहरी नायब उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए  । पानीको वहाब बढी भएका बेला छाागोमा हामफालेकाले बगेर शब फुस्रेखोलामा पुगेको अनुमान गरिएको छ । डेभिडफल्सको काउण्टरमा १७ बर्षदेखि टिकट काट्ने काम गर्दै आएका ५४ बर्षीय पौडेल छाँगोमा हामफालेको कसैले नदेखेपनि उनले लगाउने कपडा, पर्स र चप्पल छाँगोको डिलमा भेटिएको थियो । तीन दिन देखि विदामा बसेका उनको सामान छाँगो किनारमा भेटिएपछि पानी सुकाएर खोजी कार्य सुरु गरिएको थियो । खोजीमा खटिएको क्षेत्रीय प्रहरी गणको उद्धार टोलीले फुस्रे खोलामा शब फेला पारेको हो । उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । पौडेलको एक छोरा, छोरी, श्रीमति र आमा छन् ।






Post a Comment

 
Top