0
गोल्डेन न्यूज संवाददाता
स्थानीय महिलाहरुलाई समेटी समाजिक रचनात्मक कृयाकलापहरु मा सक्रिय संस्था जाल्पादेवी महिला उद्दार समूहले १९ औं वार्षिकोत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम गरेको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत वृहत सरसफाई, मठमन्दिरमा दिगो शान्ति र नेपालको विकासको कामना सहित दीप प्रज्वलन र रक्तदान कार्यक्रम गरिएको अध्यक्ष पवित्रा के.सी.ले बताइन् । स्थानीय स्तरमै रकम संकलन गर्दै समूहले सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै महिलाहरुको नेतृत्व विकासमा रचनात्मक भूमिका खेलेको पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले बताइन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता जनप्रिय क्याम्पसका पूर्व अध्यक्ष बलराम बराललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कास्की रेडक्रसका अध्यक्ष बामदेव ढुङ्गानाले महिलाहरुसँग सम्बन्धित संघ–संस्थाले रक्तदान गर्दै समाजमा सकारात्मक भूमिका खेलेको बताए । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा समूहका संस्थापक अध्यक्ष शारदा सुवेदीले १९ वर्षसम्म आउँदा महिलाहरुको नेतृत्व दक्षता, क्षमता बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइन । जाल्पादेवी महिला उद्दार समूहका अध्यक्ष पवित्रा के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापा, टोल विकास संस्था समन्वय समितिका अध्यक्ष शारदा गिरी, नेकपा एमाले वडा नं.८ का अध्यक्ष राजकुमार गिरी, सृजना बचत तथा ऋण सहकारीका उपाध्यक्ष मुना बाँस्तोला, रक्त संचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवाली, पहिलो रक्तदाता बलराम बराल, सचिव दुर्गा अधिकारी, सहसचिव सविना विजुक्छे, अमृता गिरी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा समूहमा आवद्ध महिलाहरुलाई प्रेसर तथा स्वास्थ्य परामर्श समेत गराइएको उपाध्यक्ष कान्ति अधिकारीले बताइन् ।







Post a Comment

 
Top