0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लाको लेखनाथ नगरपालिका वडा नं. १ मदौरे कुना स्थित नर्मदेश्वर मन्दिर परिसरमा ६० फिट अग्लो शिव मन्दिर निर्माण गरिने भएको छ। नर्मदेश्वर शिव मन्दिर निर्माण समितिको सक्रियता र आश्रमका पिठाधिश ईन्जिनियर अनुराग गिरीको सक्रियतामा अगाडि सारिएको मन्दिरको बुधवार एक विशेष कार्यक्रमका बीच विभिन्न धार्मिक गुरुहरुले सामूहिक रुपमा शिलन्यास गरेका हुन्। करिव दुई करोडको लागतमा निर्माण गर्न लागिएको मन्दिर कास्की जिल्ला कै एतिहासिक र ठूलो मन्दिर हुने निर्माण समितिका अध्यक्ष झपेन्द्रराज आचार्यले जानकारी दिए। बिभिन्न क्षेत्र र भक्तजनहरुवाट आर्थिक सहयोग संकलन गरि निर्माण गर्न लागिएको शिव मन्दिरको स्वामी नारायण मन्दिर विरौटाका पिठाधिश डाक्टर कृष्ण स्वामी नारायण जी महाराज, गोरखनाथ मन्दिरका पिठाधिश योगी बलभद्र नाथ, सन्त गोपाल जी महाराज लगायतका सन्त माहात्माहरुले बौद्धिक विधि अनुसार मन्दिरको शिलन्यास गरेका थिए।
मन्दिर निर्माण समितिका अध्यक्ष झपेन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा श्री कृष्ण प्रणामी मिसन ट्रर्सका अध्यक्ष विष्णु वशिष्ठ, स्वामी संकरानन्द महाराज, स्वामी तपानन्द जी महाराज, शान्ति स्वरुपा नन्द दामोदर वावा, जय सम्भु गुरु, पुलचोक आमा समुहकी अध्यक्ष गंगा मल्ल, सम्पूर्ण चन्दादाताहरुको तर्फबाट रामहरि भण्डारी, राजनीतिक पार्टीहरुको तर्फबाट नारायण पौडेल, अर्जुन मल्ल,मोती गिरी लगायतल मन्दिर निर्माणका सवैले आ–आप्mनो क्षेत्रवाट सक्दो सहयोग गर्नका लागि आग्रह गरका थिए। मन्दिर निर्माण समितिका सचिव किरणराज भण्डारीले संचालन गरेको कार्यक्रममा गुरु बन्धना माहादेव गिरि र स्वस्ति बाचन चतुरभुज पौडेल, संकर प्रसाद पौडेल, योगराज पौडेल र ईन्द्रमणि रिजालले गरेका थिए। सोही अवसरमा मन्दिर निर्माणका लागि पोखरा–१८, छिनेडाडा निवासी तुलवीर सुनारले पाँच लाख पाँच हजार पाँच सय ५५ र लेखनाथ ८ निवासी वावुराम थापा र प्रेम थापाले रु पाँच लाख आर्थिक सहयोग गरेका थिए।

Post a Comment

 
Top