0
गोल्डेन न्यूज संवाददाता
तनहु ँस्थित पृथ्वी राजमार्गमा एकै दिन भएका तीन फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । केहीको अवस्था चिन्ताजनक छ। पोखराबाट दमौलीतर्फ जादै गरेको ग १ च २३०७ नम्बरको कार र दमौलीबाट पोखरा आउदै गरेको ग १ ज ४३२५ नम्बरको जीप जामुने ३ निर्मलवस्तीमा ठक्कर खाँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कार चालक स्याङ्जा अर्जुनचौपारी निवासी ४५ वर्षका देउबहादुर थापाको उपचारका क्रममा रत्नहरि अस्पतालमा मृत्यु भएको हो । सोही कारमा सवार तनहुँ व्यास ५ निवासी ५३ वर्षिया मना थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी घाइते कारमा सवार व्यास ५ निवासी २५ वर्षिया केशरी गाहाको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ । उता, घाँसीकुवा ३ कमलाबारीमा भएको दुर्घटनामा परी एक यात्रुको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङ जाँदै गरेको ध१ख ४९५ नम्बरको बस र मुग्लिङबाट दमौली आउँदै गरेको ना ५ ख ७९८४ नम्बरको ट्रक ठक्कर खाँदा घाइते गोरखा धुवाँकोट निवासी २७ वर्षका दीपक नहर्कीको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, पोखराबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख ६४४७ नम्वरको बस जामुने गाविस ३ गुणादीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी घाइतेहरुको दमौली अस्पताल र रत्नहरि तथा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।








Post a Comment

 
Top