0
सेती नदी थुनिएर ताल, छोरेपाटनमा डुवान पोखराको खानेपानी पाइप र ठूलाखेतको पुल बगायो वात्स्यायन वृद्धाश्रम जोखिममा मादीले फेरि तीन घर बगायो, गाउँनै जोखिममा 
गोल्डेन न्यूज संवाददाता
पोखराको सेती नदीमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु जोखिममा परेका छन् । मुलुकभर मध्ये पोखरामा सबैभन्दा बढी अर्थात २६३ मिलिमिटर पानी प¥यो । सोमबारदेखि परेको भारी वर्षाले नदीको सतह बढेर पोखरा–१० रामघाटको सुकुम्बासी बस्ती डुबानमा परेको छ । पोखराको रामघाटमा नदीको पानी थुनिएर ठूलो ताल बनेको छ भने वाढीका कारण सेती किनारका १५ घर डुबानमा परेका छन् । बाढीकै  कारण कसेरीका दुई दर्जन बढी घर बिस्थापित भएका छन । सुकुम्बासी बस्ती सँगै तमु प्ये ल्हु संघको शक्तिघाट स्थित चिताघाट समेत डुबानमा परेको छ । कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा घर र क्लिनिक बगाएको छ । सुकुम्बासी बस्तीमा सोमबार राति बाढी पसेपछि त्यहाँका बासिन्दालाई रातिनै सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाएको छ भने दर्जनौं घर डुबानमा परेका छन् । सोमबार साँझ हेम्जामा बस्दै आएकी म्याग्दीकी ४० वर्षीया मोतीकला छन्त्याललाई सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको बज्राचार्यले जानकारी दिए । त्यसैगरी पोखराको छोरेपाटनमा पनि केहि घर डुबानमा परेका छन् । दामोदर (खहरे) खोलामा आएको पानीले निकास नपाएपछी सो ठाउका घरहरु डुबानमा परेका हुन् । खोलाको पानी जाने ठाउँ पुरेर प्लटिङ गरि घर तथा घडेरी बनाइएपछी उक्त बस्ती डुबानमा परेको हो ।  छोरेपाटनकै पर्यटकीय स्थल डेभिस फल  (पातले छाँगो) मा  पानीको सतह बढेपछी पर्यटक तथा सर्बसाधारण सबैलाइ भित्र जान रोक लगाइएको छ । भारी बर्षा पछी पोखराको फेवातालमा पनि पानीको सतह निकै बढेको छ। बाढीका कारण कास्कीको भदौरे तामागीको ठूलाखेत खहरे खोलाको पुल बगाएको छ । यसैगरी पोखराको खानेपानीको मुख्य स्रोतको रुपमा रहेको मर्दिखोलामा गएरातिबाट परेको वर्षापछि आएको बाढी खानेपानीको पाइप बगाएको छ । बाढीले सेतीनदी किनारमा रहेको २० इन्चको पाइपलाईन बाढीले बगाएको छ । मर्दी र सेती दोभान भन्दा करिब २ सय मिटर तल सेती नदी किनारमा रहेको २० ईन्चको पाईप ४ वटा बगाएको नेपाल खानेपानी कार्यालय पोखराका दिनेश्वर प्रसाद यादवले जानकारी दिए । उनले १६ ईन्चको पाईप पनि जोखिम परेको बताए । उनले पोखराको खानेपानी आपूर्तिमा समस्या देखिने खानेपानी बताए । आलोपालो मिलाई पानीको आपूर्ति गर्ने र केहि दिनमा उक्त मर्मत कार्य अगाडि बढाइने खानेपानी संस्थान पोखराका प्रमुख ईन्जिनियर निरण महर्जनले बताए । यसैगरी अविरल वर्षा संगै आएको बाढीका कारण कास्कीको भदौरेतामागी गाविस–५, ठूलाखेतको खहरे खोलामा निर्माण भएको पुल बगाएको छ । पुल बगाए पछि मानिसहरु आवत–जावत गर्न कठिनाइ भएको छ । केही दिन पहिले आएको खहरे खोलाले पुलको पिल्लर बगाएको थियो । मंगलबार आएको बाढीले पुलको दक्षिण तर्फको केही भाग बगाएपछि आवत–जावत गर्न कठिन बनेको स्थानीय तथा पुल निर्माण समितिका अध्यक्ष विष्णु दाहालले बताए । वाढीका कारण स्थानीय सिद्धबराह उच्च मावि र आसपासमा आवत–जावतमा समस्या भएको सिद्ध बराह उमाविका प्राधानाध्यापक बद्रीनाथ पराजुलीले जानकारी दिए ।
पुललाई सरक्षण नगर्ने हो भने सबै लौजाने उनले बताए । केहि दिने पहिलेको बाढीले ढलान गरि बनाएको पिल्लर खोलाले भाचेर आधा बगाएको छ उनले भने जाली लगाएर बनाएको पिल्लर पनि ढल्केपछि पुल जोखिममा परेको थियो । उनले माथि फलामको पुल भएर धानीएको बताए । माथीको फलाम पनि लैजान लागेको बताउँदै त्यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।पुलबाट मुख्य गरि भदौरे तामागि गविस, चापाकोट गाविस, कास्कीकोट गाविसका बासिन्दाहरु आवत–जावत गर्दछन् । पुल भएर विद्यालय आउन विद्यार्थीका लागि पुल नहँुदा कठिन हुने दाहालले बताए । खहरे खोला दायाँरबायाँ नाच्दै हिंड्दा ठूलाखेत, नैविसे, खहरे कुनाका बस्ती समेत जोखिममा परेको स्थानीय भरत भण्डारीले बताए । गत बर्ष साउन १३ गते त्यस क्षेत्रमा ठूलो बाढी पहिरो जादा पुल बगाएको थियो । त्यस पछि हिउँद जिल्ला बालगृह सञ्जालले पुलको पुननिर्माण गरेको थियो । २७ वटा बालगृहबाट संकलित रकम र नेपाल हाउस कास्कीको करिब ६ लाखको आर्थिक सहयोगमा पुलको पुननिर्माण भएको थियो । यसैगरी अविरल वर्षाले मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे गाविसका १ सोधा गाउँको थप तीन घर बगाएका छन् । बर्षासँगै मादी नदी उर्लिएर बस्ती नै बगाउने गरि कटान गरेको हो । नदीले अशोक भुजेल, बालसिहं भुजेल घर बगाएको छ भने गाउँघर क्लिनिक र विद्यालयका पुरानो भवन बगाएको स्थानीय यमन गुरुङले जानकारी दिए । उनले आसमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, तुलसी घर्ती, चित्रकुमारी गुरुङ, भौमाया क्षेत्रीको घर जोखिममा परेको छ । उनीहरु घरमा बस्ने स्थिती नभए पछि गाउँ भन्दा माथि रहेको दुधपोखरी माविमा बसे गुरुङले जानकारी दिए । बाढीले खेतीयोग्य जमिन समेत कटान गरेको छ । नदीको कटान बढ्दै गएकाले जोखिम निकै बढेको उनले बताए । घर भित्र बसौं भने बाढीले बढार्ला भन्ने डर लाग्छ, उनले भने –त्यसैले घरै छोडेर सुरक्षित ठाउँमा बसेका छौं । केहि दिन अगाडि पनि एक घर बगाए पछि गाउँहरु घर विहिन बनेका थिए । घर विहिन बनेकाहरुले आफ्नो अन्यत्र जग्गा जमिन नभएका कारण सरकारले पूनःबासको व्यवस्था मिलाइ दिन आग्रहका थिए । यस अगाडी कन्या कुमारी गुरुङको घर बगाएको थियो । मादीमा पटक पटकको बाढीका कारण किनारको बस्ती उच्च जोखिममा छ । विज्ञहरुले नदीको आसपास नबस्न सुझाब दिएका छन् । यसैगरी सोमबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण कास्कीको लेखनाथ–१ पट्नेरीमा पहिरो खस्दा घर डुबानमा परेको छ ।  मंगलबार बिहान साढे ४ बजे माथिको भिर खसेर घर पहिरोले लगेको हो । पहिरोले घर बगाउँदा एक लाख बराबरको धनजन क्षति भएको स्थानीय जनताले बताए । यसैबीच अबिरल वर्षाले सेतीको सतह बढेपछि लेखनाथ–१, पटनेरी को सुकुम्बासी बस्ती डुबानमा पर्ने खतरा देखेपछि त्यहाँका बासिन्दा त्रसित भएका छन्। स्थानीय जनताले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बताए । यसैगरी बाढीका कारण पोखरा–१८, बाच्छीबुडुवामा रहेको वात्स्यायन बृद्धाश्रम समेत जोखिममा परेको छ । बृद्धाश्रमसंगै रहेको शिवालय मन्दिरदेखि करिब १० मिटर नजिक सेती नदीको पानीको सतह आएको बृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्कीले बताए । कार्कीका अनुसार फेवातालबाट ओभर फ्लो भएर आएको पानी, फुस्रेखोला र सेती नदीको पानीको बहाव सिधै दोबिल्लाबाट बृद्धाश्रमतर्फ आएको छ । बृद्धाश्रम र शिवालय मन्दिरको बचाउका लागि गत बर्षको हिँउदमा लगाइएको तटबन्धलाई समेत पानीले दश गुना पुरेको कार्कीले जानकारी दिएका छन् । ‘बृद्धाश्रममा बाढीले पु¥याउने संभावित खतराप्रति उच्च सतर्कता अपनाएका छौंं’–कार्कीले भने । बाढी र बृद्धाश्रमको जोखिम बारे क्षेत्रीय लगायत जिल्ला र प्रहरी प्रशासनलाई जानकारी गराई सकेको कार्कीले बताए । यसैगरी सोमबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेका छन् । कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे सडकमाथिको भिरबाट लेदो माटो खसेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रु बीच बाटामै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहे पनि वर्षा भइरहेकाले समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  यस्तै पर्वतको नाङ्लीवाङ गाविस–९ फर्सेमा सडकमाथिबाट आएको पहिराका कारण मालढुङ्गा–बेनी सडक राति १२ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन पहल गरिए पनि वर्षा नरोकिएकाले पहिरो निरन्तर बग्दा समस्या देखिएको छ । सुरक्षाकर्मी र सडक डिभिजन कार्यालय मार्फत सडक खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।  सडक अवरुद्ध हुँदा हिमालपारिको मुस्ताङ र म्याग्दीबाट छुटेका सवारी साधन र यात्रु अलपत्र परेका छन् । यसैगरी अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।     बिहान ९ बजेबाट सडकमाथिबाट खसेको पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग दिउँसो ४ बजेबाट एकतर्फीरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जा र कास्कीको सिमाना कुभिण्डेमा झन्डै ५० मिटर पुरिने गरी गएको पहिरो स्थानीय प्रहरी र सडक डिभिजन कार्यालय कास्कीको स्काभेटरको सहयोगमा सात घन्टापछि खुलाइएको हो ।

Post a Comment

 
Top