0
गोल्डेन न्यूज संवाददाता
सफलता मिडिया प्रालिको आयोजना तथा विपी कोइराला भारत नेपाल फाउण्डेशनको सहकार्यमा रेडियो सफलताले टोलटोलमा सुरु गरेको नेतृत्व विकास तथा उद्घोषणकला  तालिम जारी रहेको छ । संचारको पहुँच स्थानीय स्तरमा पुर्याउने उदेश्यका साथ संचालित तालिम आमा समूहहरु, टोल विकास संस्थामा आवद्ध महिलाहरु, रेडियोका स्रोता सदस्यहरुको सहभागिता रहने गरेको छ । विभिन्न स्थानमा प्रदान गरिंदै आएको नेत्तृत्व विकास सम्वन्धी तालिमले आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैविच नेतृत्व विकास  तालिम पोखरा ७ राष्ट्बैक मार्गमा रहेको ढाँड आमा समुहमा सफलतापुर्वक सम्पन्न भएको छ । तालिममा करिव ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सहजीकरण रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी र अन्जु बरालले गरेकी थिइन । तालिमको समापन अवसरमा बोल्दै आमा समूहका कार्यवाहक अध्यक्ष हरीदेवी कार्की, उपाध्यक्ष सरस्वती कार्की र कार्यवाहक सचिव भिमा पौडेलले यस्तो किसिमको तालिमले आफुहरुको आत्मविश्वास बढेको भन्दै खुसी व्यक्त गरे । नेतृत्व विकास तालिम अन्तर्गत सफलता मिडिया प्रा.लिको आयोजनामा विहीबार ड्यामसाइट टोल विकास संस्था पोखरा १७ मा हुँदैछ ।









Post a Comment

 
Top