0
ल्डेन न्यूज संवाददाता
कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजद्वारा आयोजित अग्नि सुरक्षा एवं नियन्त्रण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । तालिममा अग्नि रोकथाम, सुरक्षा एवं नियन्त्रण सम्बन्धी विशेषज्ञ एवं प्रशिक्षक सुदिप आचार्यद्वारा विशेष गरी होटल, रेष्टुरेण्ट एवं घरायसी भान्छामा हुनसक्ने आगलागिका श्रोत, कारण एवं नियन्त्रणका उपायबारे प्रशिक्षित गरिएको थियो । विभिन्न श्रव्य दृश्य सामाग्रीहरुका साथमा सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्दै प्रशिक्षक एवं विशेषज्ञ आचार्यले अग्निका प्रकृति एवं प्रकार, तिनका पूर्व सावधानी तथा नियन्त्रणका विभिन्न उपायहरुका बारेमा चर्चा गरेका थिए । तालिममा प्रशिक्षक आचार्यले कुनै भवनमा आगलागी भइहालेमा कसरी भौतिक एवं मानविय क्षति कम गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण गरे । उक्त तालिम प्रत्येक संस्था एवं व्यक्तिका लागि आवश्यक तथा फलदायक हुने बताउँदै तालिममा सिकेका कुरा सम्पूर्ण सहभागि प्रशिक्षार्थी एवं प्रशिक्षकप्रति धन्यवाद ज्ञापन गर्दै अझैपनि नेपालमा अग्नि सुरक्षा एवं नियन्त्रण सम्बन्धी सचेतनाको कमी भएको र यस्तो प्रकारको तालिमको व्यापकता हुनुपर्नेमा जोड दिए । दुई दिने तालिमबाट करिब २०० जना सहभागी लावान्भित भएका छन् ।  तालिमको शुरुवातमा कलेजका कार्यक्रम संयाजक ज्ञानेन्द्र पौडेलले प्रशिक्षक एवं प्रशिक्षार्थीहरु लाई स्वागत गर्दै उक्त तालिमको आवश्यकता एवं उपादेयताको बारेमा प्रकाश पारेका थिए । कलेजका प्रबन्ध निर्देशक विजय पौडेलले आगामी दिनमा पुन यस्ता तालिम कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजले निःशुल्क उपलब्ध गराउने बताए । तालिमको अन्त्यमा आगलागी नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारे प्रयोगात्मक परीक्षण पनि गरिएको थियो । 






Post a Comment

 
Top