0
गोल्डेन न्यूज संवाददाता
कसमस इन्टरनेशनल कलेज पोखराले आयोजना गरेको ‘बुट क्याम्प’ सम्पन्न भएको छ । ‘बुट क्याम्प’ का सहजकर्ता भिजनरी इन्टरनेशनलका प्रमुख ईन्द्र गुरुङ्गले कार्यक्रम समापन गर्दै विद्यार्थीहरु लाई जीवनको मार्गदर्शन परिस्कृत बनाउन ‘बुट क्याम्प’ सहयोगी भएको बताए । ‘बुट क्याम्प’ मा विद्यार्थीहरुको अन्तर मनमा प्रवेश गर्न र उनीहरुलाई आफ्ना परिवार मात्र नभई समाजप्रति उत्तरदायी बनाउन कार्यक्रम सहयोगी रहेको उल्लेख गरे । उनले प्रविधिले जीवनमा धेरै परिवर्तन ल्याएपनि प्रविधिको गलत प्रयोगले अभिभावक र छोरा–छोरीहरुको दुरी बढदै गएको बताए । उनले ‘बुट क्याम्प’ मा विद्यार्थीहरुले जीवनपयोगी केही नयाँ कुरा सिकेको र त्यसवाट उनीहरुको अध्ययन अध्यापन संगै जीवनलाई नयाँ ढङ्गबाट अघि बढाउन सहयोग मिल्ने बताए ।  कसमस गु्रपका अध्यक्ष एवं कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्गले विद्यार्थीहरुले आफ्नो जीवनमा परिवर्तन ल्याउन धेरै कुरा सिक्न आवश्यक रकेको बताए । कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कसमस गु्रपका सदस्य चिजकाजी गुरुङ्ग, कलेजका एकाडेमिक को–अर्डिनेटर भरत गुरुङ्ग, कलेज प्रशासक चित्र गुरुङ्ग, विद्यार्थीहरु सिजन गुरुङ्ग, शिवराज गौतम, प्रतिक्षा राना, प्रतिमा गौतम, अश्विन गुरुङ्ग, प्रतिमा गौतम, दिवान गुरुङ्ग, युक्ति गुरुङ्ग, सौगात परियार, विशाल देवकोटा, रिवेश राय, सागर तिमिल्सिना लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  तीन दिनसम्म चलेको ‘बुट क्याम्प’ मा विज्ञान र व्यवस्थापन गरि ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ‘बुट क्याम्प’ कास्की पर्यटकीय स्थल धम्पुसमा  भएको थियो । बेलायतको क्यामव्रिज विश्वविद्यालयसंग सम्वन्धन प्राप्त कसमस कलेजमा ए लेभेलको अध्यययन अध्यापन हुँदै आएको छ ।














Post a Comment

 
Top