0
गोल्डेन न्यूज संवाददाता
भूमि अधिकार मञ्चका अगुवा अभियान्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका महासचिव सरस्वाती सुब्बाले भूमि अधिकार मञ्चको आन्दोलन भनेको कसैको आडमा नभई आफ्नो एजेण्डाका लागि स्वयं भूमिहिन सुकुम्बासीहरु ले अगाडि बढाएको बिशुद्ध भूमि प्राप्तिको आन्दोलन भएकाले मात्रै बिभिन्न पार्टीका भूमिहिन तथा सुकुुम्बासीका जनबर्गीय संगठन हुँदा–हँुदै पनि आफ्नो छुट्टै पहिचान गर्न सकेको बताए । नेपाली काङ्ग्रेसकी जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले जनताको सुख दुःखमा नेपाली काङ्ग्रेस सधैं सगँै रहेको बताइन । उनले पोखरामा बसपार्क निर्माण गर्दा पनि नेपाली काङ्ग्रेसले भूमिहीन सुकुम्बासीको हित विपरित काम नगर्ने बताइन । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तेजनारायण अधिकारीले हाल देशमा केपी ओली सरकार अप्ठ्यारोको बाबजुत पनि अगाडि बढिरहेकाले सुकुम्बासीहरु को उचित ब्यवस्थापनका लागि पनि यो सरकारका गम्भीरतापूर्वका अघि बढने विश्वास व्यक्त गरे ।  राष्ट्रिय प्रजातन्त्रका जिल्ला सदस्य कृष्णराज अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीले भूमि सुधार मन्त्रालय समालिरहेको अवस्थामा भूमिहीन सुकुम्बासीको पक्षमा कम गर्न भरपुर मेहनत गर्ने बताए। मञ्चका कास्की अध्यक्ष आश बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका कास्की, सिद्धार्थ क्लब पोखरा र बाल तथा महिला सशक्तिकरण समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा भूमि अधिकार मञ्चको २२ वटा आधार संगठनका भूमिअधिकार अभियान्ताहरुलाई भूमि अधिकार आन्दोलनका आगामी रणनीति, सगंठन ब्यवस्थापन, आन्दोलनको कोषका बिषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा भूमिहीन सुकुम्बासी संगठन कास्की अध्यक्ष लक्ष्मी अधिकारी, सिद्धार्थ क्लब पोखराका प्रथम उपाध्यक्ष रवी मर्सानी र मञ्चका जिल्ला उपाध्यक्ष दान बहादुर शाही लगायतले बोलेका थिए । सिद्धार्थ क्बलका कार्यक्रम संयोजक बलराम तिमिल्सिनाको सञ्चालन गरेको कार्यक्रममा भूमि अधिकार मञ्चमा सचिब प्रेम गजमेर, भूमिहीन सकुम्बासी संगठनका उपाध्यक्ष प्र्रेम गुरुङ, बाल तथा महिला शसक्तिकरण नेपालका बित्त तथा लेखा प्रमुख सुनिता मल्ल लगायत सहभागी थिए ।




Post a Comment

 
Top