0
पोखरादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङ सदरमुकाम जोमसोम जोड्ने सडक स्तरोन्नतिमा लगानी गर्न चिनियाँबैंक इच्छुक देखिएको छ। चीनको एक्जिम बैंकले उक्त सडक स्तरोन्नति गर्न चासो देखाएको हो। सडक स्तरोन्नतिगर्ने चाहना अनुरुप चिनियाँ प्राविधिकको एक टोलीले केही महिनाअघि नै यो सडकको सर्भे समेत गरिसकेको छ। सडकखण्डको बेनी–जोमसोम (७२ किलोमिटर) पूरै कच्ची रहेको सडकलाई कालोपत्रे गर्न र पोखरा–बेनीसडक खण्ड मर्मत सम्भार गर्न चिनियाँ लगानीकर्ता इच्छुक देखिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश प्रसाद पौडेलले जानकारीदिए। बेनी–जोमसोम खण्डकालोपत्रे गर्ने योजनाअनुसार चिनियाँ लगानीकर्ता एक्जिम बैंकले खटाएका प्राविधिक आएर सर्भे गरेर फर्केका छन्,’ पौडेलले भने,–‘एक्जिम बैंकले लगानी गर्ने गरी प्राविधिकले सडकको अवस्था बुझेर फर्केका छन्, आशा गरौं, सडक छिट्टै स्तरोन्नति हुनेछ।’ पौडेलका अनुसार चिनियाँ लगानीकर्ताले चासो देखाएपछि सरकार आफैंले स्तरोन्नति गर्ने तयारी गरेको कामसमेत रोकिएको छ। सडक विभागले यो सडकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारेको थियो। चिनियाँले चासो देखाएपछि सरकारले केही समयका लागि काम रोकेको उनले बताए। ‘चिनियाँ लगानीकर्ता आउने सम्भावना बढेपछि सरकारले आन्तरिक प्रक्रिया रोकेको छ। चिनियाँ लगानीकर्ता आएन भने मात्र सरकारले आफ्नो तरिकाले काम अघि बढाउँछ,’–उनले भने। विभागले डिपिआर तयार पार्दा ७२ किलोमिटर सडक कालोपत्रे गर्न करिब ४ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरेको थियो। जोमसोम प्रवेश मार्गमा स्तरोन्नति नगरी माथिल्लो क्षेत्रमामात्र सुधार ल्याउँदा पहुँच सहज नहुने पौडेलले बताए। ‘प्रवेश मार्ग अप्ठेरो, तर माथिल्लो क्षेत्र सहजभएर खासै अर्थ राख्दैन। माथिल्लो क्षेत्रमा ४ अर्ब खर्चंदा तल्लो क्षेत्रलाई पनिविशेष महत्व दिनुपर्छ,’–पौडेलले भने। उनका अनुसार बेनी–जोमसोम सडक स्तरोन्नति हुँदा ९ मिटर फराकिलो हुनेछ। त्यसमध्ये ७ मिटरमा गाडी गुड्नेछन् भने दुई मिटर नालाका लागि छुट्याइनेछ। ’७ मिटर फराकिलो कालोपत्रे सडकमा सहजै दुईवटा गाडी गुड्छन्,’ उनले भने,–‘केही समयका लागि पर्ख र हेरको अवस्था हो। चिनियाँ लगानीकर्ता आइहाले अझ राम्रो होला ।’ पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो लगानी गरेकाले पनि चीन जोड्ने यो सडक स्तरोन्नतिमा एक्जिम बैंकले चासो दिएको हुन सक्ने उनले बताए। ’नेपाल र चीनबीच द्विपक्षीय व्यापारका लागि पनि यो सडकको महत्व रहेको छ,’–पौडेलले भने। बेनी–जोमसोम सडक अहिले कच्ची छ। कालीगण्डकी किनार हुँदै जाने सडक कच्ची हुँदा वर्षायाममा सवारी आउ–जाउमा निकै समस्या हुने गरेको छ। वर्षाका बेला ठाउँ–ठाउँमा बाटो अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ सँग पोखराको सम्पर्क टुट्दै आएको छ। पोखरा–जोमसोममै पर्ने बाग्लुङसम्मको सडक खण्डका लागि पनि चिनियाँ प्राविधिकले सर्भे गरेको डिभिजन सडक कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए। ‘३ महिनाअघि नै चिनियाँ प्राविधिकले यो सडकको अध्ययन गरेका हुन्। लगानी गर्ने चाहन ाभएकैले उनीहरु अध्ययन गर्न आएका होलान्,’–सुवेदीले भने, ‘पहिले पनि चीनले नै बनाइदिएको सडक भएकाले दोहो¥याएर मर्मत सम्भार गर्नमा चिनियाँको चाँसो पुगेको हुनसक्छ। उनका अनुसार चिनियाँ लगानी कर्ता नआएपनि यो सडक जतिसक्दो छिटो मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छ। पोखरा–बागलुङ राजमार्गको काँडेदेखि नयाँपुलसम्मको करिब १२ किलोमिटर मार्ग सबैभन्दा बढी क्षतविक्षत छ। सडकमा ठूला–ठूला खाल्डा परेका छन् भने कतिपय ठाउँमा कालोपत्रे समेत उप्किएको छ। ’यो सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ। अब खाल्डाखुल्डी पुरेर हुनेवाला छैन,’ सुवेदीले भने, ’वर्षमा २र४ करोड रुपैयाँ खर्चेर सडक सुध्रिने अवस्थामा छैन। सडकको केही खण्ड पूरै नयाँ बनाउनुपर्ने अवस्थामा रहेको उनले बताए। ‘सिंगल लेनको सडकको केही खण्ड निकै नाजुक छ। अब सामान्य मर्मत गरेर हुने अवस्थामै छैन,’–सुवेदीले भने। अत्यन्तै नाजुक बनिसकेको सडकमा जुनसुकै बेला ठूलो दुर्घटना हुने खतरा बढेको छ। सडकमा परेका खाल्डामा वर्षायाममा पानी जम्ने हुँदा झनै खतरा छ। कालोपत्रे सडक भास्सिएर खाल्डा परेका छन्। दोहोरो यातायात सञ्चालन हुने उक्त सडकमा कतिपय ठाउँमा एकतर्फी मात्र सवारी चल्न सक्छन्। सडकमा धुलो उड्नाले हिउँदमा अघिपछिका सवारी देख्न समेत मुस्किल पर्छ।काँडेदेखि नयाँपुलसम्म आधा घन्टामा पार गर्न सकिने दुरीलाई एक घन्टाभन्दा बढी समय लाग्छ। पोखरा–बागलुङ राजमार्ग करिब २५ वर्षअघि चीन सरकारको सहयोगमा बनेको हो। चीनले उक्त राजमार्गलाई आव २०५०र५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। उक्त मार्गहुँदै धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने सवारी आवत–जावत हुन्छन्। (एजेन्सी)

Post a Comment

 
Top