0
गोल्डेन न्यूज संवाददाता
बंगुर पालक कृषकहरुको साझा सस्था बंगुर बृडर कृषक सहकारी संस्था लेखनाथले सरकारवाट प्राप्त भएको अनुदानको एक कार्यक्रमका बीच हिसाव सार्वजानिक गरेको छ। किसानलाई ब्यवसायिक कृषि तर्फ अग्रसर गराउने उद्देश्यले सरकारले बंगुर बृडर कृषक सहकारीलाई उपलब्ध गराएको आठ लाख ३० हजारको हिसाव–किताव सार्बजानिक गर्दै आफना भावी योजनाहरुलाई अगाडि सारेको हो।  लेखनाथ नगरपालिका वडा नं ८को फलामे ढावमा संचालिका बंगुर बृडर संस्थालाई उपलब्ध रकमलाई संस्थाले यस चालु आर्थिक वर्षका लागि दुई लाख ६० हजार बंगुर खरिद,९१हजार नौ सय २० खानेपानी जडान लगायत विद्युत जडान, दाना खरिद, बीमा सुल्क र वंगुरका वच्चा हुर्काउनका लागि ट्रर्स निर्माण गरिएको कार्यलयक ब्यवस्थापक मोहन थापाले जानकारी दिएका थिए। कार्यक्रममा बोल्दै पशु सेवा कार्यलय पोखराका पशु चिकित्सक होमराज तिमिल्सेनाले जवान हुदाँ सम्म विदेशी भूमिमा बिताउने र बृद्ध भएपछि बुढो शरीर लिएर आउनेहरुतर्फ लक्षित गर्दै स्वदेशमा नै केहि गरेर देखाउनेहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने हो भने कोही कसैले भोकै वस्न नपर्ने विचार राखेका थिए। संस्थाका अध्यक्ष योगवहादुर आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले ब्यवसायिक कृर्षको माध्यमबाट अगाडि वढ्न आग्रह गरेका थिए भने मत्स्य व्यवसायी समिति कास्कीका अध्यक्ष दयाराम तिवारीले सहि ठाउको छनोट गरि उत्पादको क्षेत्रमा लाग्ने किसानहरु कहिल्यै गरिव नहुनेमा जोड दिएका थिए। संस्थाका लेखा संयोजक झलक जलारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सचिव सिताराम भण्डारी र सस्थाको गतिविधिका बारेमा सस्थापक अध्यक्ष मिनबहादुर घलेले गरेका थिए।

Post a Comment

 
Top