0
गोल्डेन न्यूज संवाददाता
प्रथम अन्तर बिद्यालय खुल्ला रनिङ शिल्ड टेबुलटेनिस प्रतियोगिता शनिबार पोखरामा सम्पन्न भएको छ । प्रतियोगिताको रनिङ शिल्ड ६ अंक ल्याएर एसओएस बिद्यालयले जितेको हो । एसओएस स्कुल र एसओएस भिलेजले समान ६ अंक, स्टेप बाई स्टेप र वेलननको समान ५ अंक, ग्लोबलले ३ अंक, सृजनाले २ र टप्सले १ अंक प्राप्त गरेका थिए । प्रतियोगितामा ब्वाइज सिङल तर्फ वेलननका नवीन गुरुङ प्रथम, स्टेप बाई स्टेपका विविध गुरुङ द्वितीय र तृतीय स्टेप बाई स्टेपका अमिस ढकाल र सृजनाका असल पाण्डे भएका थिए । त्यसैगरी ब्वाइज डबलमा प्रथम ग्लोबलका आनन्द घले र अमीत थापाको जोडी, वेलननका नबिन गुरुङ र मौसम गुरुङको जोडी द्वितीय भएका थिए भने सृजनाका असल पाण्डे र सागर तिमिलाको जोडी तथा स्टेप बाई स्टेपका अमिस ढकाल र विविध गुरुङको जोडी तृतीय भएका थिए । टेबुलटेनिस प्रतियोगिताको गल्र्स सिङल तर्फका सबै इभेन्ट्समा एसओएसले जितेको थियो। जसमा प्रथम पार्वती श्रेष्ठ, द्वितीय मनिषा श्रेष्ठ, तृतीय रचना लामा र सुजाता पौडेल भएका थिए । त्यस्तै गल्र्स डबलमा प्रथम एसओएसका हेमाकुमारी ठाडा र कृतिका पराजुलीको जोडी, एसओएसको सम्झना जिसि र धनुषा ठाडाको जोडी द्वितीय भएका थिए भने स्टेप बाई स्टेपका सिमर बिक र जिना परियारको जोडी तथा टप्सका ममता ढुंगाना र आस्था गुरुङको जोडी तृतीय भएका थिए ।दुई दिनसम्म भएको सो प्रतियोगितामा बिजेता खेलाडीहरु लाई प्रमुख अतिथि कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, संघका सल्लाहकार रमाकान्त वराल लगाएतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कास्की जिल्लामा पहिलो पटक भएको विद्यालय स्तरीय टेबुलटेनिस प्रतियोगितामा ३२ ब्याईज र १८ गल्र्सले भाग लिएका थिए । कास्की जिल्ला टेबुलटेनिस संघको आयोजनामा पोखरा रंगशालाको हलमा भएको सो प्रतियोगितामा संघका अध्यक्ष उत्तम जोशी, सदस्य कृष्ण रानाभाट, प्रशिक्षकहरु रुप गुरुङ, अनुस कुँवर, सुमेश लामा, ज्योति गुरुङ, सुन्दर गुरुङलगाएतले एम्पाएरको भूमिका निभाएका थिए ।









Post a Comment

 
Top