0
गोल्डेन न्यूज संवाददाता
सुजल डेरी प्रा.लिको उत्पादन  सफल दूध तथा दुग्ध पदार्थहरुको उत्पादकले स्वादिलो सफल दहि बुधबारदेखि १२५ मिलिको कपमा पनि विक्रि वितरण सुरु गरेको छ । एक जनाको लागि उपयुक्त दहिको नयाँ स्वरुप १२५ मिलि सफल दहि “ठीक्क छ, स्वस्थकर छ” भन्ने नारा सहितको प्रचारात्मक अभियान सुरु गरिएको छ । उक्त दहि उपभोक्ताहरुले साथीभाईसँग रमाइलो गर्दा, बाटोमा हिंडिरहेको समय होस् या स्कुल तथा कलेजको टिफिनको समयमा, सिनेमा तथा सपिङ मल जुनसुकै समयमा सजिलै उपभोग गर्न सक्नेछन् । सफल १२५ मिलि कप दहि हरेक समयमा उपभोग गर्न ठिक्क रहेको छ । ठिक्क र सजिलो यस उत्पादन उपभोक्ताको सन्तुष्टिलाइ मध्यनजर गर्दै आकर्षक २५ रुपैयाँमा उपलब्ध छ । सानातिना  पूजाहरुमा छिटो छरितो रुपले कार्य गर्न पनि २५ रुपैयाँको सफल १२५ मिलि दहि उपयुक्त रहेको कम्पनीले जनाएको छ । सफल दहि १२५ मिलि हाइजेनिक कण्डिसनमा विश्वस्तरीय प्रविधि प्रयोग गरी उत्पादन गरिएको छ । सफल दहिमा महत्वपूर्ण पौष्टिक तत्वहरु क्यालसियम, भिटामिन र प्रोटिनले गर्दा स्वस्थकर रहेको कम्पनीको दावी छ । मजवुत दाँत र हड्डिका लागि क्यालसियम, रोगसँग लड्ने क्षमता बढाउनका लागि भिटामिन र बलियो मांसपेशीको लागि प्रोटिनको आवश्यक पर्दछ । त्यसैले १२५ मिलि दहि स्वस्थकर साथै स्वादिलो भएकोले गर्दा यसको उपभोगले पूर्ण स्फुर्ति प्रदान गर्ने बताइन्छ । लक्ष्मी समूहको भातृ संस्था सुजल डेरी प्रा.लि. ले सफल दूध, सफल दहि, सफल घ्यू, सफल आइसक्रिम, सफल वटर, सफल पनिर, सफल क्रिम जस्ता उत्कृष्ट दूूधबाट बनेका दुग्ध पदार्थहरु उत्पादन गरी पोखरेलीको आवश्यकता, पूर्ति गर्नुका साथै मन जित्न सफल भएको छ ।






Post a Comment

 
Top