0
गोल्डेन न्यूज संवाददाता 
पोखरा उप–महानगरपालिका वडा नं. ४ स्थित सिद्धार्थ टोल विकास संस्थाले मंगलवार कक्षा–११ मा पढ्न योग्य विद्यार्थीलाई सम्मान गरेको छ । गत वर्षको प्रवेशिका परीक्षामा सामेल भएका र ११ कक्षा पढ्न योग्य ठहरिएका संस्थाका सदस्यका १५ जना छोरा छोरीलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो । संस्थाका अध्यक्ष गोमा कोईराला सुवेदी र समाजसेवी भीमवहादुर श्रेष्ठले विद्यार्थीलाई अविर लगाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा वोल्दै समाजसेवी भीमबहादुर श्रेष्ठले विद्यार्थीले पढेर मात्रै नपुग्ने भन्दै अनुशाशित वन्न आग्रह गरेका छन् । उनले अनुशासन विनाको विद्यार्थीले जति पढेपनि उसको आचरण समाजमा राम्रो नदेखिने वताउँदै अनुशासन संगै पढाईको मूल्य र मान्यता हुने बताए । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव कमल पौडेल अथकले विद्यार्थीलाई अविभावक हरुले पढाईको साथ साथै संस्कार र संस्कृति सिकाउनु पर्ने बताए । उनले पछिल्लो समयमा पढाईमा धेरै अंक ल्याएका विद्यार्थीहरुले आफ्नो नेपाली मन र पन भूलेर विदेशिन थालेको वताउँदै स्वदेशमा नै उनीहरुले काम गर्न सके राम्रो हुने धारणा व्यक्त गरे । संस्थाका अध्यक्ष गोमा कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष पार्वती माकाजू, सल्लाहकार मुक्ति पराजुली, ढाकामोहन पराजुली, मंगलप्रसाद माकाजू, शरण लिगल, इन्जिनियर राजेन्द्र लिगल, अविभावक वसन्तकुमार लिगल, वडा सचिव राजु कोईराला, संस्थाका उपाध्यक्ष सम्झना माकाजू,  विद्यार्थी निश्चल श्रेष्ठ र संस्थाका सचिव सीमा कोईरालाले आ आफ्ना भनाई राखेका थिए ।





Post a Comment

 
Top