0
गोल्डेन न्यूज संवाददाता
काबुल काण्डमा मृत्यु भएका १३ नेपालीका हकमा साबेर इन्टरनेसनल सेक्युरिटीमार्फत बिमा रकमस्वरुप तत्काल ३० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । तर, घाइतेका हकमा भने क्षतिपूर्ति रकमको टुङ्गो भैसकेको छैन् ।  यसैगरी, सुरक्षा लिने जिम्मेवार निकाय क्यानेडियन दुतावासले भने मृतक नेपाली कामदारको हकमा के कति क्षतिपूर्ति दिने हो, यसबारे निक्र्याेल भएको छैन । काबुलमा स्थलगत अध्ययन एवं उद्धार र समन्वयका लागि इश्लामाबादबाट गएका कार्यबाहक राजदूत तिर्थराज अर्यालले काबुलमा क्यानेडियन दुतावासका बरिष्ठ कुटनीतिक अधिकारीलाई भेटेर नेपाली कामदारको पक्षमा सेवासुरक्षाको प्रत्याभूति दिलाउन र उचित क्षतिपूर्ति प्रबन्ध गर्न दबाब दिएका थिए । अहिले मृतकलाई दिइने बिमावापतको ३० लाख रुपैयाँ क्षतिपूर्ति रकम अहिलेसम्मकै सबैभन्दा थोरै हो । अफगानिस्तानमै अरु कम्पनीका हकमा दुर्घटनाका कारण मृत्यु भएमा कामदारले ६० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन् । ‘हाम्रो कुटनीतिक नियोगमा विधिअनुसार अनुमति र स्वीकृति नलिइ सञ्चालनमा रहेका सुरक्षा कम्पनीलाई पनि प्रकृयामा आउन ध्यानाकर्षण गराइएको छ,’ एक अधिकारीले भने, ’हार्ट, सेबर, सिल्ड जस्ता सेक्युरिटी कम्पनीहरु अझै पनि दर्ता र स्वीकृतिमा आएका छैनन्, यसबारे पनि सम्बद्ध कम्पनीलाई ध्यानाकर्षण गरिएको छ ।’ काबुल मिसन पुरा गरेर मंगलबारै इश्लामाबाद पुगेका कार्यबाहक राजदूत अर्यालले भने ‘काबुलमा सुरक्षाक्षेत्रमा सेवारत नेपालीको सुरक्षा सरोकार र संयन्त्रलाई ध्यान राख्न सम्बद्ध सबै निकायमा ध्यनाकर्षण गराएको’ प्रतिक्रिया दिए । अफगानस्तानमा झण्डै १० हजार नेपाली रहेको अनुमान छ । यसमध्ये करीब ७ हजार ग्रिनजोनमा र बाँकी रेडजोनमा रहेर कार्यरत छन् । काबुल बिष्फोट काण्डपछि नेपाल सरकारले तत्कालको हकमा इराक, सिरिया र लिबियासागै अफगानिस्तान पनि रोजगार प्रतिबन्ध गन्तव्य बनाएपछि त्यहाँ बसिरहेका कानूनी हैसियतका कामदार थप अन्यौलमा परेका छन् । नेपाली ‘टार्गेट’ होइन अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्यनमा गत साताको काबुल बिष्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ । काबुलस्थित अधिकारीका अनुसार, एउटै समय, रुट तथा सवारी साधनबाट कामदार ओसार–पसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार (बियरिङ्ग बल्ब छर्रा) भएको पुष्टी भएको छ । ’बसका चालक बस्ने भागको अन्तिम सिटको बाहिरबाट प्रहार गरिएको छर्रामा परेर स्वयम बिद्रोही (प्रहार गर्ने) समेतको क्षतबिक्षत अवस्थामा निधन भएको पाइएको छ,’ ती अधिकारीले भने । बम प्रहार गर्नेको एउटा चुाडिएको खुट्टा र हात मात्रै बसबाहिर अलिक टाढा फेला परेको थियो । तर, सरकारले द्वन्द्धग्रस्त लिबिया, सिरिया, इराकसंगै अफगानिस्तानलाई पनि रोजगार प्रतिबन्ध मुलुकका रुपमा सूचीकृत गरेपछि अफगानिस्तानको ‘ग्रिन जोन’ मा बसेर उचित सेवा सुरक्षासहित काम गरिरहेका नेपाली समेत अन्यौलमा परेका छन् । ‘सरकारले प्रतिबन्ध लगाएर भैरहेको सुरक्षित रोजगारीको अवसरमा प्रश्नचिन्ह उब्जाइदिएको छ,’ हस्पिटालिटी बेस सुरक्षा केन्द्र ग्रिनभिलेजका प्रबन्धक प्रकाश केसीले भने,–‘सरकारले ग्रिनजोन र रेडजोन छुट्याएर त्यही अनुसार रोजगार अनुमति वा बन्देज लगाउनु बुद्धिमानी हुनेछ ।’










Post a Comment

 
Top