0
गोल्डेन न्यूज संवाददाता
समुदायमा बाल बिवाह न्युनिकरणका लागि वडा बाल मञ्च पोखरा–२६ को आयोजनामा सराङकोटमा बाल बिवाह न्युनिकरण बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । समाजमा बढदै गइरहेको बाल बिवाहको असरका बिषयमा सचेतना फैलाउन कार्यक्रम अयोजना गरिएको मञ्चका  वडा बाल मञ्चका अध्यक्ष रश्मी थापाले जानाकारी दिइन् । प्रतियोगितामा मेथलाङ बाल क्बलका सुनिता तिमिल्सिना प्रथम, आदर्श बाल क्लबका सल्लाहाकार धिरज थापा द्वितीय, सुर्यदय बाल क्बलका प्रतिक्षा थापाले तृतीय स्थान प्राप्त गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ क्लबका द्वितीय उपाध्यक्ष पावर्ती माकाजुले भोलिको विकसित समाज आजको बालबालिकाको संरक्षणले निर्धारण गर्ने भएकाले बालबिवाहको रोकथामका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताइन । कार्यक्रममा वडा नं २६ का वडा सचिब रुद्रप्रसाद बस्ताकोटी, नेपाली काङग्रेस वडा सभापति शिव तिमिल्सिना, नेकपा एमाले उपाध्यक्ष ज्ञान बहादुर थापा र राप्रपा नेपालका वडा कमिटी अध्यक्ष बल बहादुर खड्का लगायतले आ–आफ्नो भनाइ राख्दै बालविवाहका बिषयमा सबै सजग हुनुपर्ने बताएका थिए । वडा बाल मञ्चका अध्यक्ष रश्मी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सिद्धार्थ क्लवका सामाजिक परिचालक रश्मी भण्डारीले गरेकी थिइन । कार्यक्रम पोखरा उप–महानगरपालिका आर्थिक सहयोग तथा सिद्धार्थ क्बल पोखराको ब्यवस्थापकीय सहयोगमा भएको गरिएको हो । कार्यक्रममा वडा बाल मञ्चका सचिव धिरज थापाले अतिथीहरु स्वगत गरेका थिए भने प्रमुख अतिथिले कार्यक्रमको ब्यानर पढी कार्यक्रमको उदघाटन गरिएको थियो ।




Post a Comment

 
Top