0
गोल्डेन न्यूज संवाददाता
पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका सल्लाहकार पोषण केसीले नेपाली पत्रकारिताको भविष्य उज्ज्वल रहेको भन्दै हतोत्साही हुन नहुने बताएका छन् । रेडियो सफलताको आयोजना तथा विपि कोईराला भारत नेपाल फाउण्डेशनको सहकार्यमा ‘मिडिया मार्फत समाज परिवर्तन’ विषयक तालिमको उद्घाटन गर्दै उनले पेशागत मर्यादालाई कायम राख्दै सामाजिक विकृतिको निराकरणमा पत्रकार सधैं क्रियाशिल हुनुपर्ने बताए। पत्रकारको आचारसंहिताको विशेष ख्याल गर्न सबै पत्रकार तथा संचारमाध्यमलाई उनले आग्रह गरे । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एवं राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य गंगाधर पराजुलीले मिसन तथा खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता रहेको बताउँदै पत्रकारहरुको कलम यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरि नारायण गौतम तालिमले पेशाप्रतिको दायित्व अभिवृद्धिका साथै मर्यादित कार्य सम्पादनमा सहयोगी सावित हुने उल्लेख गरे । नेपाल पत्रकार महासंघकी केन्द्रीय शुष्मा पौडेलले समाज परिवर्तनमा संचारको भूमिका महत्वपूर्ण रहेको हुँदा जिम्मेबार पत्रकारितामा जोड दिइन । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोलाले जिम्मेवार पत्रकारिता लाई आजको आवश्यकता रहेको हुँदा पत्रकारहरुलाई जिम्मेवार भएर पेशामा लाग्नका लागि आग्रह गरे । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले हरेक क्षेत्रहरु अहिले अस्त–व्यस्त बनेको बताउँदै यसलाई सही बाटोमा ल्याउन संचारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । कास्कीका विभिन्न संचारमाध्यममा कार्यरत २५ जना पत्रकारहरुको सहभागी तालिमको सहजीकरण भारतीय पत्रकार निलन्जना वेनर्जीले गरेकी थिइन । रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवराज बस्ताकोटी शिवदाई र रेडियोकी कार्यक्रम प्रमुख मधु अधिकारीले पनि बोलेका थिए । तालिम आज मंगलबारसम्म चल्नेछ ।





Post a Comment

 
Top